Logo बिहिवार, आश्विन १ गते २०८३
images

नापतौल कार्यालयले डिजेल मेसिनमा मापन नमिलाई शिलबन्दी गरेर दुख दियो : पम्प सञ्चालक गुप्ता

नापतौल कार्यालयले डिजेल मेसिनमा मापन नमिलाई शिलबन्दी गरेर दुख दियो : पम्प सञ्चालक गुप्ता

  • 2.1K
    SHARES

  • नापतौल कार्यालयले डिजेल मेसिनमा मापन नमिलाई शिलबन्दी गरेर दुख दियो : पम्प सञ्चालक गुप्ता

    बुटवल,पुस २७ ।

    बुटवलको एक पेट्रोल पम्पको डिजेल मेसिनमा गुणस्तर तथा नापतौल कार्यालयले मापन नमिलाई शिलबन्दी गरेर दु:ख दिएको गुनासो व्यवसायीले गरेका छन् ।

    बुटवल उपमहानगर ५ नेपालगन्ज रोडमा रहेको शाह डिजल सेन्टरको एक डिजेल मेसिनमा नापतौलको परिमाणमा घटबढ हुंदाहुंदै मापन नमिलाई जबरजस्ती शिलबन्दी गरी दुःख दिने नियत देखाएको पम्प सञ्चालक मदनलाल गुप्ताले आरोप लगाएका छन् ।

    दुई महिना अघि बिग्रेको डिजेल पम्पको मदरबोर्ड परिवर्तन गरी नयाँ मदरबोर्ड राखेपछि सहीे परिमाण सुनिश्चित नगरी व्यवसायमा असर पर्ने गरी मनोमानी ढंगले शिलबन्दी गरेर दुःख दिएको गुप्ताले बताए । पम्पको नयाँ मदरबोर्ड चेकजांच र शिलबन्दी गर्ने काम सम्बन्धित कार्यालयका प्राविधिकले नगरी हचुवाको भरमा कार्यालय प्रमुखकै उपस्थितिमा उनका चालकले गरेको गुुप्ताको गुनासो छ ।

    संचालक गुप्ताले भने—हचुवाको भरमा चेकजाँच गरे अनि हचुवाकै भरमा शिलबन्दी गरे जसले गर्दा हामीलाई मर्का परेको छ । ब्यबसायीलाई प्रतिलिटर ५ मिलिलिटर नोक्सान हुनेगरि भएको मदरबोर्ड सेटिङ्गलाई समायोजन गरि एकुरेट नगरि जवरजस्ती शिलबन्दी गरेका छन् । यसमा नियत माथि खोट देखिएको संचालक गुप्ताको भनाई छ ।

    यसैगरी सोही फर्मको नाममा रहेको लु १ क ५४७८ नम्बरको टेंकर संचालनमा पनि रोक लगाइएको भन्दै संचालक गुप्ताले चिन्ता ब्यक्त गरेका छन् । पुस १८ गते क्यालिब्रेसन गरेर राजस्व बुझाएपनि सरकारी निकायकै कारण ढिलाई गरेर २५ गतेसम्म क्यालिब्रेसन चार्ट उपलब्ध नगराएर ढुवानी गर्न नपाउंदा थप मारमा परेको गुप्ताले बताउनु भयो ।  

    गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख तिलक केसीले भने नयाँ मदरबोर्ड फेर्ने क्रममा सही तरिकाले नापतौल मिलान नभएको देखिएकोले मर्मतका लागि एक हप्ताको समय दिईएको दावी गरेका छन् । मापन मिलाउन निर्देशन गरेका हौं अरु केही हैन प्रमुख केसीले भने ।

    तर पम्प व्यवसायीलाई प्रति ५ लिटरमा ४५ मिलिलिटरसम्म नोक्सान हुने गरी नयाँ मदरबोर्डमा शिलबन्दी गरिनुले कार्यालयको नियतमाथि आशंका गर्ने ठाउं रहेको पेट्रोलियम व्यवसायीको दावी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology