अफगानिस्तान,पुस २६ ।
अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बिहीबार फैजावाद केन्द्रविन्दु रहेर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भारतीय सञ्चारमाध्यमले भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको जनाएका छन्। पाकिस्तानको मौसम विभागले स्थानीय समयअनुसार दुई बजेर २० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको जनाएको छ।
भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)