Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डा. चन्द्र भण्डारी भन्छन् : ‘कस्तो अवस्थालाई प्रेम र कस्तोलाई बलात्कार मान्ने,कानुनी व्याख्या जरूरी छ ’

डा. चन्द्र भण्डारी भन्छन् : ‘कस्तो अवस्थालाई प्रेम र कस्तोलाई बलात्कार मान्ने,कानुनी व्याख्या जरूरी छ ’

  • 1.8K
    SHARES

  • डा. चन्द्र भण्डारी भन्छन्  : ‘कस्तो अवस्थालाई प्रेम र कस्तोलाई बलात्कार मान्ने,कानुनी व्याख्या जरूरी छ ’

    बुटवल,पुस २६ ।

    नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले बलात्कारको परिभाषाको आवश्यकता भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता भण्डारीले कस्तो अवस्थालाई बलात्कार मान्ने भन्दै प्रश्नसमेत गरेका छन्। 

    उनले बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता औंल्याएका छन्। कस्तो अवस्थालाई प्रेम? र कस्तो अवस्थालाई बलात्कार? मान्ने तथा बलात्कार भनेको के हो? भन्दै उनले प्रश्न सोधेका छन्। 

    उनले प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन भनेर पनि प्रश्न गरेका छन्। उनले भनेका छन्, ‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवस्यकता छ ।कस्तो अबस्थालाई प्रेम? र कस्तो अबस्थालाई बलात्कार? बलात्कार भनेको के हो ?अनि प्रेम के हो? प्रेम बलात्कारमा परिणत हुन्छ हॅुदैन? परिभाषाको आवश्यकता!!’

    उनले कुनै प्रशंग नखुलाए पनि उनको विचारलाई सन्दीप लामिछानेको मुद्दासँग जोडेर आम मानिसले प्रतिक्रिया दिइरहेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology