Logo बिहिवार, आश्विन १ गते २०८३
images

यातायात कार्यालयहरूको बेथिति सुधार्ने मन्त्री रोज राणाको घोषणा

यातायात कार्यालयहरूको बेथिति सुधार्ने मन्त्री रोज राणाको घोषणा

  • 1.6K
    SHARES

  • यातायात कार्यालयहरूको बेथिति सुधार्ने मन्त्री रोज राणाको घोषणा

    दाङ,पुस २६ ।

    लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले उद्योगहरूले रोजगारी सिर्जना गरि जनतालाई योगदान पुर्‍याएको आधारमा सहयोग गर्ने बताएका छन् ।

    बिहीबार देउखुरीको लालमटियामा राप्ती उद्योग वाणिज्य संघले आयोजना गरेको ‘छैठौँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महोत्सव २०८०’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री राणाले योगदानका आधारमा उद्योगहरूलाई सहयोग गर्न आफू तयार रहेको बताए । उनले भने, ‘लुम्बिनीका १२ वटा जिल्लालाई सफल बनाउन मन्त्री बनेर आएको छु । सहजीकरण गरेर सहयोग गर्छु ।’

    ‘तपाईहरूले कति मान्छेलाई रोजगार दिनुहुन्छ ? त्यसको आधारमा तपाईहरूलाई सहयोग हुन्छ । मैले अनुगमन समिति पनि गठन गर्न लागेको छु’, मन्त्री राणाले भने, ‘हाम्रा गुणस्तरहीन सामानहरू उत्पादन भएका छन् भन्ने मलाई सुन्नमा आएको छ । त्यसको अनुगमन पनि गर्नुपर्छ ।’rose.jpg

    उनले भने, ‘तपाईहरू साना ठूलो जे उद्योग गर्न चाहनुहुन्छ । म, मेरो मन्त्रालय, लुम्बिनी प्रदेश सरकार तपाईहरूको साथमा छ । यताबाट यसो गरेपछि मलाई फाइदा हुन्थ्यो हजुर भनेर मलाई भन्न नआउनुस् ।’

    मन्त्री राणाले आफ्ना सन्तानलाई स्वदेशमा लगानी गरेर उद्योग व्यवसायमा लाग्न अभिभावकहरूले सिकाउनुपर्ने बताएका छन् । एक करोडसम्म खर्च गरेर अध्ययनको बहानामा सन्तानलाई विदेश पठाउने गरेको तितो सत्य बताएका राणाले विदेश पठाउन लाग्ने रकम खर्च गरेर स्वदेशमा लगानी गरि उद्योग, व्यवसाय चलाउनुपर्ने बताए ।

    उनले भने, ‘युवाहरू विदेशी रहेका छन् । यो पक्कै पनि दुःख हो । युवाहरूले देश चलाइरहेका छन् । यो सुखद् हो ।’‘युवाहरू खाडीमा जाने, त्यहाँबाट आएको रेमिटेन्सले नेपाललाई धेरै टेवा पुग्ने र हामीले यहाँ नै केही गर्न सकेको भए ती युवाहरू आफ्नो घरमा बस्न पाउँथे’, राणाले भने, ‘घरमा बस्न पाउनुपर्छ भन्ने लागेको छ ।’

    मन्त्री राणाले भने, ‘कतिपय चिजहरू त्योभन्दा पनि अचम्मको चिज के छ भन्नु हुन्छ भने अहिले हाम्रो संस्कार एउटा पढ्नको लागि भनेर विदेश जाने पचास लाखदेखि १ करोडसम्म खर्च गर्न हामी तयार छौँ । सन्तानलाई अमेरिका, यूरोप, जापन लगायतमा पठाउन ।’

    ‘२० लाख दिएर स्वदेशमा उद्योग सञ्चालन गर्न र गरेर खानलाई तयार छैनौँ । त्यो वातावरण बन्नुपर्छ । त्यसमा हामी पनि सच्चिन जरुरी छ’, उनले भने, ‘हामीले पनि हाम्रा बच्चाहरूलाई तिमीहरूले पनि गर्न सक्नुपर्छ । स्वदेशमा अड्नुपर्छ भन्ने कुरा हामीले सिकाउनुपर्छ ।’ 

    राणाले यातायात कार्यालयहरूमा देखिएको बेथितिलाई सुधार गर्न आफूले सुरुवात गरेको मन्त्री राणाले बताएका छन् ।

    मन्त्री राणाले भने, ‘९ वटा कार्यालयका प्रमुखहरूलाई बोलाएर केही निर्देशन दिएको छु । यातायातमा धेरै बेथिति छ । एक-दुई ठाउँमा मैले के देखे भने लाईसेन्स लिन गएको छ तर, उसैको मोटरसाइकल चाहिन्छ, उसैको गाडी चाहिन्छ भन्नेछ ।’

    ‘लाइसेन्स नभएको मान्छेको कसरी गाडी र मोटरसाइकल हुन्छ रु यो कुरा मैले सोधे उहाँहरू अक्कन बक्क भएपछि नियम खारेज गर्नुस् र जसलाई जो साधन उपलब्ध हुन्छ त्यही साधनले नै ट्रायल दिन पाउनुपर्छ’, उनले भने ।

    ‘तपाईहरूको सिण्डिकेट हटाउन भनेको छु । त्यहाँबाट मैले काम गर्न सुरुवात गरेको छु’, मन्त्री राणाले भनेका छन् ।

    राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले महोत्सवमा सहभागी अथितिहरूप्रति आभार प्रकट गरेका छन् । उनले सबैलाई महोत्सव सफल बनाउन अपील गर्न आग्रह गरेका छन् ।

    कार्यक्रममा प्रदेश सभा सदस्य ईन्द्रजीत चौधरी, कांग्रेस नेता नुमानन्द सुवेदी, दोणर् भुसाल, राप्ती गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष उमेश अधिकारी, नेपाल तरुण दलका केन्द्रीय सदस्य सुनिल बस्नेत, कांग्रेस नेता हस्त गुरुङ लगायतको उपस्थिति रहेको थियो । महोत्सव दुई हप्ता चल्नेछ ।

    महोत्सवमा स्थानीय समुदायले आफ्नो पराम्परागत साँस्कृति झल्किने प्रस्तुतिहरू देखाएका थिए । थारु समुदायको लोप हुन लागेको डोली, झुम्रा नाच र बड्का नाचहरू पनि प्रस्तुत गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology