Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२ लाख राशीको मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता माघ २६ देखि

२ लाख राशीको मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता माघ २६ देखि

  • 1.5K
    SHARES

  • २ लाख राशीको मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता माघ २६ देखि

    बुटवल,पुस २५ ।

    मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ९ औं सस्करण माघ २६ गतेदेखि सञ्चालन हुने भएको छ ।

    ७ प्रदेश र ३ विभागीय गरि १० टिमको सहभागी हुने ९ औं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०८० को तयारी अन्तिम चरणमा पुगेको आयोजक मणिमुकुन्द क्लबका अध्यक्ष लोक भण्डारीले जानकारी दिए । वि.स. २०६४ सालपछि यस क्षेत्रमै पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

    राष्ट्रिय भलिबलको नियमानुसार सञ्चालन गरिने प्रतियोगिता बारे जाकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले यो सिजनमा पुरस्कार राशीसमेत वृद्धि गरिएको जानकारी दिए ।लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा प्रथम पुरस्कार २ लाख १ रुपैयाँ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय हुनेले १ लाख ५० हजार १ रुपैयाँ नगद राशी प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ ।

    यसैगरी तृतीय हुनेले १ लाख १ रुपैयाँ र सान्त्वना हुने समुहले ५० हजार १ रुपैयाँ नगद राशी प्राप्त गर्ने प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद राशीले सम्मान गरिने तथा विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

    विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद राशीले सम्मान गरिने छ भने उत्कृष्ट सेटर, ब्लकर, सर्भर, डिफेन्स, स्पाईकर, प्रशिक्षक र अनुशासित खेलाडीलाई जनही ५ हजार नगद राशीले सम्मान गरिने आयोजकले जनाएको छ ।क्लबको खेलमैदान तिलोत्तमा–२ जोगिकुटीमा फागुन २ गतेसम्म एक साता सञ्चालन हुने प्रतियोगिताका सबै खेल म्याटमा हुने गुरुङले बताए । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगिताले भलिबल खेलाडी उत्पादन र भलिबल खेल विकास गर्नका निमिक्त सफल हुने विश्वास गरिएको क्लबका संस्थापक अध्यक्ष मिलन रानाले बताए ।

    प्रतियोगितामा सहभागी सम्पूर्ण टिमका लागि आवास, यातायात तथा दैनिक भत्ताको समेत व्यवस्था गरिएको क्लबका वरिष्ठ उपाध्यक्ष किशन चन्दले जानकारी दिए । यसैगरी खेलाडीहरुका लागि १ लाख रुपैयाँसम्मको दुर्घटना स्वास्थ्य बीमाको समेत व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ३४ लाख बढी खर्च अनुमान गरिएको बताउँदै वरिष्ठ उपाध्यक्ष चन्दले तिलोत्तमा नगरपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद तथा विभिन्न निजी संस्थाहरुसँग सहकार्य गरिएको जानकारी गराए ।प्रतियोगितामा एकसाथ २ हजार ५ सयले दर्शकले अवलोकन गर्न मिल्नेगरी प्याराफिट निर्माण गरिनुका साथै आवश्यकता अनुसार यसको क्षमता थप गरिने चन्दले बताए ।

    प्रतियोगिताको मुख्य प्रवर्द्धक खेलकुद परिषद लुम्बिनीका अध्यक्ष जयप्रकाश भट्टराईले आर्थिक सहयोगसँगै अभिभाकीय भूमिका निर्वाह गर्न तयार रहेको प्रतिवद्धता गरे । राष्ट्रिय भलिबल संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष योग गुरुङले प्रतियोगिता सफल बनाउन सबैको तर्फबाट एक भएर लाग्नु पर्नेमा जोड दिए । कार्यक्रम क्लबका सहसचिव सुदिप केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology