Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भारत्तोलनमा विश्व च्याम्पियन दिलिपलाई बुटवल १२ ले गर्यो नगदसहित सम्मान

भारत्तोलनमा विश्व च्याम्पियन दिलिपलाई बुटवल १२ ले गर्यो नगदसहित सम्मान

  • 2.7K
    SHARES

  • भारत्तोलनमा विश्व च्याम्पियन दिलिपलाई बुटवल १२ ले गर्यो नगदसहित सम्मान

    बुटवल,पुस  २४ ।

    विश्व रेकर्ड कायम गर्ने खेलाडी दिलिप थापालाई बुटवलमा सम्मान गरिएको छ । बुटवल उपमहानगरपालिका–१२ ले १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिप–२०२३ मा विश्व रेकर्ड कायम गर्ने खेलाडी दिलिप थापालाई बुटवलमा सम्मान गरेको हाे ।

    बुटवल १२ ढवाहा निवासी १८ वर्षीय थापाले भारतको हैदरावादमा सम्पन्न सो प्रतियोगितामो ५९ तौल समूहमा विश्व रेकर्ड कायम गरेका थिए ।

    थापाले २०५ केजी उठाएर विश्व रेकर्ड राखेका हुन् । उनले नवौंं आयोजनामा बनेको विश्व रेकर्ड ब्रेक गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएका थिए । बुटवल उपहानगरपालिका–१२ को कार्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी विश्व रेकर्ड कायम गर्न सफल थापालाई नगद २५ हजारसहित सम्मान गरेको हो । सम्मान कार्यक्रम अघि सतगढी टोल विकास संस्थाले स्वर्ण पदक विजेता खेलाडी थापालाई वडा परिक्रम गराएको थियो ।dilli acharya.jfif

    साथै सतगढी टोलविकास संस्थाले पनि खेलाडी थापालाई नगद २५ हजारसहित सम्मान गरेको थियो। बुटवल उपमहानगरपालिका १२ को आयोजनामा भएको सम्मान कार्यक्रममा भैरव साझा टोलविकास, पासाङ टोल विकास संस्था, पन्ध्रपाटी टोल विकास, दुर्गा टोल विकास, तोरीवारी टोल विकास, नयाँगाउँ टोल विकास, तिलोत्तमा टोल विकास, प्रगतिनगर टोल विकास, समावेशी टोल विकास, बुद्ध टोल विकास, गणेश टोल विकास, उत्तम टाेल बिकास, आदर्शनगर टोल विकास संस्था लगायतका संघ संस्था तथा व्यक्तिले पनिले पनि नगदसहित सम्मान गरेका थिए ।

    सम्मान कार्यक्रमा बोल्दै बुटवल उपहानगरपालिका १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्माले वडाले खेलाडीलाई सम्मान र आवश्यक सहयोग गर्ने बताए ।  साथै सानै उमेरमा वडा र देशको नाम राख्न सफल भएको खेलाडी थापालाई धन्यवाद व्यक्त गरी आगमी दिनमा पनि यस्तै रेकर्ड कायम राख्ने गरी अघि बढ्न आग्रह गरे ।

    यस्तै वडा सदस्य गंगादत्त पौडेलले वडाले खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने बताए । कार्यक्रममा विश्व रेकर्ड कायम राख्न सफल खेलाडी थापाले आफुलाई यो सम्मानले अझ बढी हौसला प्रदान गरेको बताए ।dilip thapa.jfif

    सो कार्यक्रममा हरियाली वातवरण तथा प्रर्वद्धन बुटवल–१२ र १३ की कोषाध्यक्ष मिना जिसि, नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका–१२ का अध्यक्ष धर्मराज शर्मा, एमालेका अध्यक्ष होमबहादुर क्षेत्री, रास्वपाका अध्यक्ष गिरीप्रसाद मरासिनी, पन्द्रपानी टोल विकास संस्थाका अध्यक्ष कमल अधिकारी, मिलनपार्क टोल विकास संस्थाका हेमराज  आचार्य, तामनगर राजापुर खानेपानीका अध्यक्ष जितबहादुर राडीलगायतले बोल्दै सानै उमेरमा विश्व रेकर्ड कायम राख्न सफल भएकोमा प्रशंसा व्यक्त गरेका थिए । कार्यक्राको संचालन वडासचिव झविन्द्र थापाले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology