Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी इन्जिनियरिङ कलेज : लेक एक्स्पो सकियाे,५० प्रोजेक्ट प्रदर्शन (भिडियो)

लुम्बिनी इन्जिनियरिङ कलेज : लेक एक्स्पो सकियाे,५० प्रोजेक्ट प्रदर्शन (भिडियो)

  • 2.5K
    SHARES

  • लुम्बिनी इन्जिनियरिङ कलेज : लेक एक्स्पो सकियाे,५० प्रोजेक्ट प्रदर्शन (भिडियो)

    बुटवल,पुस २३।

    रुपन्देहीको भलवारी स्थित लुम्बिनी इन्जिनियरिङ,म्यानेजमेण्ट एण्ड साइन्स कलेजमा भएको लेक एक्स्पोे सकिएको छ । २ दिन संचालन भएको  एक्स्पोमा इन्जिनियरिङ बढेका बिद्यार्थीले बनाएका बिभिन्न प्रकारका ५० वटा प्रोजेक्ट देखाइएको थियो। बिद्यार्थीले मानव जीवनका लागि बहुउपयोगी सामाग्रीहरु निर्माण गरेका छन् ।lec.jpg एक्स्पोमा बुटबलको तीनाउ नदीमा निमार्ण गर्न लागिएको सिक्नेचर बृजको डेमो, घरमा उत्पादन भएको फोहोरलाई कृषिमा कसरी प्रयोग गर्ने, वायो मलाई कसरी प्रयोग गर्ने, सिंचाइ कसरी गर्ने, दुघटर्ना भएको सहजै जानकारी पाउन सकिने, सडक पुलहरु निमार्ण र सहरलाई स्मार्ट शहरको रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयका प्रविधिहरु प्रदर्शन गरिएको थियो। lec expo.jpg

    लुम्बिनी इन्जिनियरिङ कलेजका सदस्यसचिव डाक्टर केएन पाण्डेयले विगतदेखि नै प्रत्येक दुई वर्षमा विद्यार्थी निर्माण गरेका नयां प्रविधिको प्रदर्शनका लागि लेक एक्स्पो आयोजना गर्ने गरिएको बताए ।

    बिद्यार्थीले अनुसन्धान गरेर प्रयोगात्मक रुपमा सिकेको सीपलाई प्रयोगमा ल्याउनु पर्ने बताउंदै कलेजमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेका ५० वटा प्रोजेक्ट लेक एक्स्पोमा प्रदर्शन गरिएको थियो।kn.jpg

    कलेजका डाईरेक्टर तुल्सीप्रसाद सापकोटाले बिद्यार्थीले शिभिल, इलोक्टिकल, इलोक्ट्रोनिक्स र कम्प्युटरका गरि ५० वटा प्रोजेक्टहरु प्रद्धशन गरिएको बताए ।lec a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology