बुटवल, भदौ २० ।
महिला तथा बालबालिका हिंसा बिरूद्ध एवं सामाजिक कार्यमा सक्रिय संस्था मेची महाकाली बुहारी संयुक्त आवाज रुपन्देहीले पहिलो वार्षिक उत्सव बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग सँगै वृक्षारोपण गरि मनाएको छ ।
वार्षिक उत्सवको अवसरमा संस्थाले रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोवा प्रमेश्वर मावीमा अध्ययन गर्ने सोही ठाउँका ४ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
आमा गुमाएका ति बालबालिकाका बुबा दृष्टीबिहीन छन् । आर्थिक अबस्था कमजोर भएका कारण बिचमै पढाई छाड्नुपर्ने अवस्थामा पुगेका उनिहरुलाई नगद सहित आबश्यक पर्ने कापी कलम, लगाउने कपडा हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । संस्थाको पहिलो वार्षिक उत्सव तथा केन्द्रिय अध्यक्ष येमु शर्मा सुब्बाको जन्मदिनको अवसरमा कार्यक्रम आयोजना गरीएको हो ।
मेची महाकाली बुहारी संयुक्त आवाज रूपन्देही संयोजक लता खड्काको अध्यक्षता तथा पर्रोवा प्रमेश्वर मावीका प्राचार्य नेत्रलाल पुरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सैनामैना मावीका शिक्षक अमृता बस्याल, बरिष्ठ कानुनि सल्लाहाकार सिमा बन, कृती बेल्बासे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम सफल बनाउन संस्थाका केन्द्रिय अध्यक्ष येमु शर्मा सुब्बा र रूपन्देही संयोजक लता खड्काले थप आर्थिक सहयोग गरेका थिए । अमृता राना जिसीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कल्पना गौडेलले गरेकी थिइन् । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)