Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘एनसेल महाघोटालाः राज्य विरुद्ध अपराध हो’ : मानवअधिकार तथा शान्ति समाज

‘एनसेल महाघोटालाः राज्य विरुद्ध अपराध हो’ : मानवअधिकार तथा शान्ति समाज

  • 1.3K
    SHARES

  • ‘एनसेल महाघोटालाः राज्य विरुद्ध अपराध हो’ : मानवअधिकार तथा शान्ति समाज

    पर्सा,पुस २२ । 

    एनसेल खरिद बिक्रीमा भ्रष्टाचार भएको भन्दै मानवअधिकार तथा शान्ति समाजले वीरगन्जमा प्रदर्शन गरेको छ । शुक्रवार समाजको २६ औँ राष्ट्रिय परिषद् बैठकअघि समाजले विभिन्न भ्रष्टाचार काण्डविरुद्ध प्रदर्शन गरेको हो ।san.jpg

    समाजले एनसेल खरिद विक्रीबारे विश्वसनीय न्यायिक छानबिन आयोग गठन हुनुपर्ने र घोटालामा संलग्न प्रधानमन्त्री एवं पूर्व प्रधानमन्त्रीहरूलाई समेत कारबाही गर्न माग गरेको छ ।

    santi samaj.jpg

    प्रदर्शनमा सहभागीहरूले एनसेल महाघोटालाः राज्य विरुद्ध अपराध हो, देशलाई झन्डै तीन खरब रुपैयाँ हानी पुर्‍याउने चलखेल राज्यविरुद्ध अपराध हो, सुन काण्डको मूल नाइकेलाई कारबाही खोइ ?, नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही खोइ रु, अदालतको आदेश बमोजिम बालुवाटार जग्गा घोटालामा पूर्व प्रधानमन्त्री माधव नेपालमाथि छानबिन खोइ ?, भ्रष्टाचारका काण्डै काण्डस् एनसेल घोटाला महाकाण्ड, सर्वदलीय भ्रष्टाचारको अर्को उदाहरणस् टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार, भ्रष्टाचारी नेता चाहिँदैनस् राज्यको सम्पत्ति निल्न पाइँदैन, भ्रष्टाचारको धमिराले लोकतन्त्र खाइसक्यो लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।samaj.jpg

    प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, संस्थापक सदस्य कृष्ण कँडेल, पूर्व सभापतिहरू होमकान्त चौलागाईलगायत सहभागी थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology