Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘देशलाई खोक्रो पार्ने आजको चलनचल्तीलाई फेर्नै पर्नेछ’ : पूर्व राजा ज्ञानेन्द्र शाह

‘देशलाई खोक्रो पार्ने आजको चलनचल्तीलाई फेर्नै पर्नेछ’ : पूर्व राजा ज्ञानेन्द्र शाह

  • 1.8K
    SHARES

  • ‘देशलाई खोक्रो पार्ने आजको चलनचल्तीलाई फेर्नै पर्नेछ’ : पूर्व राजा ज्ञानेन्द्र शाह

    बुटवल,पुस १९ ।

    पूर्व राजा ज्ञानेन्द्र शाहले विगतको सबै दुःख बिर्सिएर एक सुत्रमा बाधिन आब्हान गर्नुभएको छ । शाहले आफू सदासदा आफु नेपालीका साथमा रहेको बताउनुभयो । नागरिक अभिनन्दन समारोह मूल समिति–२०८० रुपन्देहीले आज भैरहवामा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले देशमै उत्पादन उद्यम, इमल सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्ने बताउनुभयो ।

    ‘हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन ,सदाचारी राजनीतिको युग बितिसकेको छं’शाहले भन्नुभयो ।उहाँले अनेक श्रोत साधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश सुन्दर र मनोरम भए पनि यतिका सम्पदा, मूल्य मान्यता तथा सभ्यता भएर पनि आज कता कता आफैँ हराइरहेको बताउनुभयो । विगतको सबै दुःख बिर्सिन र घृणाको आगो मिलेर निभाउन उहाँको आग्रह छ ।

    उहाँले अब कस्तो विधि बदल्ने वा कसरी अगाडि बढ्ने भन्दै हामी आफैंले तय गर्नुपर्ने बताउनुभयो ।देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरु विदेश जानु परेको उनले उहाँको भनाइ छ । देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको र यस्तो अवस्थाको अन्त्य हुनैपर्ने उहाँको धारणा छ ।शाहले अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्ने बताउनुभयो ।

    ‘आफू मात्र सही, आफू मात्र ठीक भन्न छाड्नुपर्छ‘एक ठाउँमा उभिएर अहिलेको अवस्था सुधार गर्नुपर्छ ।’ उनले देशलाई खोक्रो पार्ने आजको चलनचल्तीलाई फेर्नै पर्ने छ ।’ शाहले भन्नुभयो ।

    अभिनन्दन कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल राज्यलक्ष्मी र परिवारसहित सहभागी हुनुभयो । नागरिक अभिनन्दन समारोह मूल आयोजक समिति भैरहवाका संयोजक डा.रामप्रसाद बस्यालले  जनताले राजालाई मुलुकको अभिभावकको रूपमा चाहेको बताउनुभयो ।gyanendra saha  (1).png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology