बुटवल,पुस १७ ।
ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिक उत्सवको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम भएको छ । बुटवलको मिलनचोकमा शाखामा कार्यक्रम भएको बैंकका प्रदेश प्रमुख योगेन्द्र रानाले बताए । कार्यक्रममा ८६ पिन्ट रगत संकलन भएको बैंकका राजेश खनालले जानकारी दिए।
वार्षिकोत्सवका उपलक्ष्यमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरु पनि चलाइएको छ ।
बैंकका प्रदेश प्रमुख रानाले बैंकले दिँदै आएका सेवा सुविधाका बारेमा जानकारी गराउँदै वचत गर्ने बानिको बिकास गर्न आग्रह गरे ।यसअघि बुटवलमा प्रभातफेरि तथा कोण सभा भएको थियो ।
सबैका लागि बैंक’ भन्ने नाराका साथ अंगाडी बढेको ग्लोवल आईएमई बैंकले देशभर ३५५ शाखा सञ्जाल,३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित १ हजार १ सय भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकमा करिब ४ हजार कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब ४५ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको जनाएको छ । यो बैंक देशका ७७ जिल्लामै शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)