Logo बिहिवार, आश्विन १ गते २०८३
images

४ करोड कारोबार गर्दै सकियो बुटवलको पाचौँ सडक खाना महोत्सव

४ करोड कारोबार गर्दै सकियो बुटवलको पाचौँ सडक खाना महोत्सव

  • 4.2K
    SHARES

  • ४ करोड कारोबार गर्दै सकियो बुटवलको पाचौँ सडक खाना महोत्सव

    बुटवल,पुस १७ ।

    बुटवलमा ३ दिने सडक खाना महोत्सव सकिएको छ । करिब ४ करोडको कारोबार र डेढ लाख दर्शकले महोत्सवको अवलोकन गरेको आयोजक होटल तथा रेष्टुरेन्ट ब्यवसायी रुपन्देहीका अध्यक्ष संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए ।

    समापन समारोहमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय,उपप्रमुख साबित्रादेबी अर्याल,पर्यटन बोर्डका रामु जैसी,लगायतले बोल्दै महोत्सव सफल भएको बताए ।sadak khana mahotsab.jpg

    सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नारासहित होटल तथा रेष्टुरेन्ट ब्यवसायी रुपन्देहीको आयोजनामा पुस १४, १५ र १६ गते बुटवल –९, कालिकापथ स्थित तिनकुने देखि उत्तरतर्फ नयाँबसपार्कसम्मको सडकमा सडक खाना महोत्सव भएको हो । कार्यक्रममा कलाकारहरुले प्रस्तुती राखेर दर्शकलाइ मनोरन्जन प्रदान गरेका थिए । बिस २०७५ सालदेखि संघले बुटवलमा सडक खाना महोत्सव संचालन गर्दै आइरहेको छ । sadak mela.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology