Logo बिहिवार, आश्विन १ गते २०८३
images

टोपी दिवसमा एम्स कलेज बुटवलको रक्तदान

टोपी दिवसमा एम्स कलेज बुटवलको रक्तदान

  • 4.4K
    SHARES

  • टोपी दिवसमा एम्स कलेज बुटवलको रक्तदान

    बुटवल,पुस १६ ।

    एम्स कलेज बुटवलले अंग्रेजी नयाँ वर्ष सन् २०२४ तथा टोपी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । एम्स कलेज बुटवलको आयोजना, स्कलर्स होम बोर्डिङ स्कुल र काउन्सिल अफ एम्स स्टुडेन्टको सहकार्यमा सोमबार वृहत रक्तदान कार्यक्रम गरिएको हो ।

    रगतको महत्व युवाहरुलाई बुझाउने गरी सचेतनामुलक रक्तदान कार्यक्रम गरिएको एम्स कलेजका क्याम्पस प्रमुख दीपक ढकालले बताए । ‘कलेजका नयाँ विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने गरी प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आएका छौ ।’-उनले भने ।

    अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्दै यो दिनलाई नेपाली टोपी दिवसको रुपमा पहिचान दिलाउन आफुहरु सफल भएको उनले दाबी गरे । ‘शिरमा नेपाली टोपीसहित रक्तदान’ नारा दिएर विगत ९ वर्षदेखि निरन्तर कार्यक्रम गरेको उनले बताए ।

    रक्तदान जस्तो उत्तम सामाजिक कार्यलाई नेपाली टोपीको प्रर्वद्धनसंग जोडेर महत्वलाई बढाउने काम भएको उनले बताए । यस क्षेत्रमा प्रत्येक वर्ष नया रक्तदाताहरुलाई प्रोत्साहन गर्ने, राष्ट्रियताको पहिचान दिनेमात्र नभई धेरै रक्तदान गर्ने शैक्षिकसंस्था भएको उनले बताए ।

    कार्यक्रमको एक समारोहका बिच नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीले स्कलर्शहोम स्कुलका प्राचार्य बाबुराम बन्जाडेलाई ब्लड ब्याग हस्तान्तर गरी उद्घाटन गर्दै रगतको महत्वलाई युवाहरुलाई बुझाउन जरुरी रहेको बताए ।

    प्रत्येक स्वस्थ्य मानिसले ३-३ महिनामा रक्तदान गर्न सक्ने तर्क दिदै उनले रक्तदानको बारेमा समाजमा रहेका गलत धारणा चिर्न जरुरी रहेको बताए । रक्तदान अभियान सामाजिक कार्य भएको भन्दै यसमा धेरै चुनौतीहरु देखिने गरेको उनले बताए । प्रविधिको प्रयोग, निशुल्क रगत, समाजमा गलत धारणा जस्ता विषयलाई चिर्नका लागि निरन्तर अभियान चलाउँदा केही सफलता हात पारेको उनले बताए । धेरै स्थानीय सरकार निशुल्क रगत घोषणा गरेको भन्दै अब रगत वितरणलाई स्मार्ट बनाउन जरुरी रहेको उनले बताए ।

    कार्यक्रममा एम्स कलेजका म्यानेजिङ डाईरेक्टर गोपाल प्रसाद न्यौपाने, कलेजका उपप्राचार्य टिकाराम गौतम, प्लट टु कोअर्डिनेटर चेतनारायण पन्थी, काउन्सिल अफ एम्स स्टुडेन्टका अध्यक्ष ईशा पाण्डे, काउन्सिल अफ एम्स स्टुडेन्टका सचिव समिक्षा पाण्डेले शैक्षिक गतिविधिसंगै विद्यार्थीहरुलाई समुदायसंग प्रत्येक्ष जोडिने गरि सामाजिक कार्यमा जोड्न विद्यालय सफल भएको बताए ।

    नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक यज्ञ प्रसाद न्यौपानेले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology