एजेन्सी, पुस १६ ।
जापानमा भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी जारी गरिएको छ। अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन आज जापानमा ७.६ रेक्टर स्केलको भूकम्प मापन गरिएको बीबीसीले जनाएको छ।
भूकम्प मापन केन्द्र जापानले नर्थ सेन्ट्रलमा भूकम्प गएको जनाएको छ। भूकम्पबाट भएको क्षतिबारे भने यकिन विवरण सार्वजनिक गरिएको छैन।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)