Logo बुधवार, श्रावण १३ गते २०८३
images

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक आजदेखि दैनिक ६ घण्टा बन्द

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक आजदेखि दैनिक ६ घण्टा बन्द

  • 1.4K
    SHARES

  • सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक आजदेखि दैनिक ६ घण्टा बन्द

    बुटवल,पुस १६ ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा सुरुङमार्ग क्षेत्र आजदेखि दैनिक ६ घण्टा सडक बन्द हुने भएको छ । एम्बुलेन्स, दमकललगायत अत्यावश्यक गाडीलाई भने रोक लगाइएको छैन ।

    सुरुङ मार्ग आयोजनाले एक सूचना जारी गर्दै सोमबार रातिदेखि आगामी फागुन ७ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको जनाएको हो ।

    पहिलो चरणमा झण्डै दुई महिनाका लागि मात्र सडक बन्द गरेर सुरुङ खन्न लागिएको हो । यसबीचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक बन्द नहुने सिद्धबाबा सुरुङमार्ग आयोजनाले निकालेको सूचनामा  छ ।

    सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एकरदुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड राति बन्द हुने भएको हो ।

    सुरुङमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गर्दैछ । निर्माणका क्रममा यातायात सञ्चालन हुँदा माथिबाट ढुंगा खसेर जोखिम हुने भएकाले सडक बन्द गर्ने निर्णय गरिएको योजना कार्यालयले जनाएको छ ।सडक बन्द हुने समयमा साना सवारी साधनहरु बेलबास–नुवाकोट–दोभान वैकल्पिक मार्ग भएर आवतजावत गर्न सक्ने सुरुङमार्ग योजना कार्यालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology