Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवौं वार्षिकउत्सवमा पैचो पसलद्वारा बुटवलमा रक्तदान,गुल्मीमा माटो परीक्षण

नवौं वार्षिकउत्सवमा पैचो पसलद्वारा बुटवलमा रक्तदान,गुल्मीमा माटो परीक्षण

  • 2.1K
    SHARES

  • नवौं वार्षिकउत्सवमा पैचो पसलद्वारा बुटवलमा रक्तदान,गुल्मीमा  माटो परीक्षण

    बुटवल,पुस १५ ।

    किसानको साथी बनेको पैचो पसल प्रालिले आफ्नो स्थापनाको नवौं वार्षिकउत्सव मनाएको छ । कृषि उत्पादन र बजारिकरणलाई मुख्य उद्देश्य मनाएको पैचोले बुटवलमा रक्तदान गर्नुका साथै गुल्मीको छत्रकोट १ हुँगामा नि:शुल्क माटो परीक्षण सेवा गरेको हो ।

    बुटवलको सुख्खानगर शाखामा आयोजना गरिएको रक्तदानमा ५० बढीले रक्तदान गरेको पैचोका प्रमुख संचालन अधिकृत केशवराज न्यौपानेले बताए ।dhurba.jpg

    रक्तदान कार्यक्रमको बुटवल उपमहानगर वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले उदघाटन गरे । पैचोका तर्फबाट रेडक्रसको रक्तसञ्चार केन्द्र बुटवललाई प्रदान गरिएको ३ सेट बिपी सेट हस्तान्तरण गर्दै कार्यक्रमको उदघाटन गरिएको थियो ।saran.jpg

    वार्षिकोत्सवकै अवसरमा गुल्मीको छत्रकोट १ हुँगाका २५ जना किसानको निशुल्क माटो परिक्षण गरिएको पैचोले जनाएको छ । माटोको रिपोर्ट आएसँगै त्यहाँ उत्पादन हुने बिउबिजन र प्रबिधिक सेवा दिएर किसानलाई कृषि उत्पादनको प्रोत्साहन गरिने पैचोका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले बताए ।

    माटो परिक्षण कार्यक्रमको छत्रकोट गाउपालिका वार्ड न १ का अध्यक्ष घनश्याम न्यौपाने उदघाटन गरे । सो अवसरमा बोल्दै उनले पैचोले किसानको हितको लागि काम गरिरहेको र आगामी दिनमा पनि आफ्नो कार्यलाई निरन्तरता दिन पैचो समुहलाई आग्रह गरे ।

    स्थानीय कृषक मीना भण्डारीले कसैले नगरेको काम पैचोले गरेको उल्लेख गर्दै माटो परिक्षणले किसानको उत्पादकत्व वृद्धि हुने विश्वास ब्यक्त गरिन्। कार्यक्रममा कम्पनीका संचालक  धातानन्द भण्डारी , शेयरधनी  प्रेम भण्डारी , राम प्रसाद भण्डारी तथा प्रभाकर भण्डारीको उपस्थिती रहेको थियो ।pai.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology