Logo बिहिवार, आश्विन १ गते २०८३
images

मालिका बचत तथा ऋण सहकारीद्वारा क्षमता अभिवृद्धि तालिम संचालन

मालिका बचत तथा ऋण सहकारीद्वारा क्षमता अभिवृद्धि तालिम संचालन

  • 1.3K
    SHARES

  • मालिका बचत तथा ऋण सहकारीद्वारा क्षमता अभिवृद्धि तालिम संचालन

    बुटवल,पुस १४ ।

    मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ११ ले एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । बुटवलको देवीनगरमा रहेको सहकारीले संचालक समिति तथा कर्मचारीहरुको क्षमता वृद्धि गर्नको लागि एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको हो ।

    न्यू होराइजन इंग्लिस बोर्डिङ्ग स्कुल कालिकानगरमा सम्पन्न तालिममा लुम्बिनी प्रदेश सहकारी बैंक लिमिटेडका प्रमुख नारायण बेल्बासेले प्रशिक्षण तथा सहजिकरण गरे ।

    सहकारीमा अग्रभागमा रहेर काम गर्ने कर्मचारी, लेखा परिक्षण समिति, अन्य विभिन्न उपसमितिका संयोजकको क्षमता अभिवृद्धिका लागि तालिम संचालन गरिएको सहकारीका अध्यक्ष अध्यक्ष कपिल आचार्यले बताए । सहकारीमा कार्यरत कर्मचारीहरुको कार्यकुशलता र ज्ञान सिपले नै सहकारीको छवि निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुदाँ तालिमका व्यवहारिक ज्ञान तथा सिपको प्रयोगमा जोड दिनुपर्ने आचार्यले बताए ।

    तालिममा सहकारीका नयाँ निति नियमका बारेमा छलफल साथै सहकारी ऐन अन्तर्गत विनियम २०७५ का छलफल गरीएको थियो भने ७ ओटा आधारभूत सिद्धान्त र १० ओटा सिद्धान्तको बारेमा पनि छलफल गरीएको अध्यक्ष आचार्यले बताए । तालिममा संचालक समितिको काम, कर्तव्य र अधिकारको बारेमा छलफल गर्नुको साथै सहकारीलाइ अझै परिस्कृत गरेर लान सकिन्छ भन्ने बारेमा पनि छलफल भएको आचार्यले बताए ।

    संचालक समितिका सल्लाहाकार यज्ञश्वर शर्मा, निवर्तमान अध्यक्ष चित्र वर्मा लगायत ३५ जना सहभागिता रहेको तालिममा सस्थाका सचिव सुसिल नेपालले कार्यक्रम संचालन गरेका थिए भने अध्यक्ष कपिल आचार्यले तालिममा उपस्थित सबैलाइ स्वागत तथा धन्यवाद व्यक्त गरेका थिए ।

    सहकारीको १६ ओैं स्थापना दिवसको अवसरमा केही दिन अगाडी रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology