बुटवल,पुस १४ ।
ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिक उत्सवको अवसरमा बुटवलमा प्रभात फेरि कार्यक्रम भएको छ । बुटवलको ट्राफिकचोकदेखि चौराहासम्म प्रभातफेरि भएको हो । प्रभातफेरि पछि भएको कोण सभामा बैंकका प्रदेश प्रमुख योगेन्द्र रानाले बैंकले दिँदै आएका सेवा सुविधाका बारेमा जानकारी गराउँदै वचत गर्ने बानिको बिकास गर्न आग्रह गर्नुभएको थियो।
सबैका लागि बैंक’ भन्ने नाराका साथ अंगाडी बढेको ग्लोवल आईएमई बैंकले वचत गर्ने बानीको बिकास गराउनका लागि प्रवद्र्धनात्मक प्रभातफेरी कार्यक्रम गरिएको प्रदेश उप प्रमुख जोगलाल भुसालले बताउनुभयो ।
उहाँले वचत नै भविश्यको सुनिश्चितता गर्ने आधार भएकाले वचत गर्ने बानि बसाल्न अति आवश्यक रहेको बताउनु भयो । बैंकले देशव्यापी रुपमा बार्षिकोत्सवका विविध कार्यक्रम गरेको छ । कार्यक्रम ग्लोबल आइएमई बैंक प्रदेश कार्यालयले गरेको हो । प्रभात फेरि कार्यक्रममा २ सय जनाको सहभागिता रहेको राजेश खनालले जानकारी दिनुभयो ।
बैँकले देशभर ३५५ शाखा सञ्जाल,३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित १ हजार १ सय भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा करिब ४ हजार कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब ४५ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको जनाएको छ । यो बैंक देशका ७७ जिल्लामै शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)