Logo मंगलवार, श्रावण १२ गते २०८३
images

न्यु लाइट माविमा साहित्यिक महोत्सव तथा ‘बुक रिडिङ सेमिनार’

न्यु लाइट माविमा साहित्यिक महोत्सव तथा ‘बुक रिडिङ सेमिनार’

  • 1.8K
    SHARES

  • न्यु लाइट माविमा साहित्यिक महोत्सव तथा ‘बुक रिडिङ सेमिनार’

    बुटवल,पुस १३ ।

    तिलोत्तमा स्थित न्यु लाइट माविमा साहित्यिक महोत्सव सम्पन्न भएको छ । लेखक तथा साहित्यकार जंग बहादुर शाहको प्रमुख आतिथ्यता शुक्रबार भएको साहित्यक महोत्सवमा कवि भूपिनसँग विद्यार्थीको अन्तरक्रिया समेत गरिएको थियो ।

    विद्यार्थीहरुलाई पढाईसँगै अतिरिक्त क्रियाकपालमा पनि अब्बल बनाउने उद्धेश्यले साहित्यिक महोत्सवको आयोजना गरिएको विद्यालयका प्राचार्य रमेश ज्ञवालीले बताए ।महोत्सवमा चर्चित कवि गिरि श्रीस मगरले कविता वाचन समेत गरेका थिए भने विद्यार्थीहरुले पनि कविता वाचन गरेका थिए ।

    कार्यक्रममा विद्यार्थीहरुको ‘बुक रिडिङ सेमिनार’ गरिएको थियो । सेमिनारमा एक दर्जन विद्यार्थीले आफूले पढेका पुस्तकको समीक्षा प्रस्तुत गरेका थिए । त्यसै गरी एक दर्जन विद्यार्थीको कविता वाचन गरेको शैक्षिक संयोजक तथा विद्यालयका पूर्व संयोजक राजेन्द्र कुँवरले बताए।

    महोत्सवमा ‘भ्वाइस अफ न्यू लाइट सिनियर र जुनियर’को प्रस्तुति रहनुका साथै विद्यार्थीद्वारा निर्मित चित्रकला, पोष्टर र अन्य रचनात्मक प्रस्तुति प्रस्तुत गरेको न्यु लाइट कलेजका शैक्षिक संयोजक तथा विद्यालयका पूर्व संयोजक कुँवरले बताए । महोत्सवसँगै पुस्तक प्रदर्शनी समेत भएको थियो । विद्यालयले २०७६ मा ‘एकदिने साहित्य महोत्सव’ आयोजना गरेर तिलोत्तमा क्षेत्रका साहित्यकारसँग विद्यार्थीलाई परिचित गराएको थियो ।

    book.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology