बुटवल,पुस १३ ।
श्रृङ्गेश्वर धाम तिलोत्तमा ४ को सम्पन्न तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको पदस्थापन गरिएको छ ।धाममा आज एक समारोहकाबिच ऋषि भण्डारीको नेतृत्वमा निर्वाचित पदाधिकारी सदस्यहरूको पदस्थापन तथा सपथग्रहण सम्पन्न भएको हो ।
सो अवसरमा प्रमुख निर्वाचन अधिकृत अधिवक्ता माधव घिमिरे,निर्वाचन अधिकृत खिमानन्द भट्टराई ,गुल्मेली सम्पर्क समाज रूपन्देहीका अध्यक्ष डा.नारायण पन्थ,ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे ,समाजका निवर्तमान सहसचिव रविलाल पाेखरेल,पुर्व कोषाध्यक्ष कविता अर्याल,समाजका भैरहवा शाखा अध्यक्ष केशवराज ज्ञवाली लगायतले बोल्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष ऋषि भण्डारीले सबैको सहकार्यमा धामको बिकास भएको बताउनुभयो । उहाँले आफू अध्यक्ष नभई धामको माली भएको उल्लेख गर्नुभयो । भैरहेका कामसहित कमी कमजोरी पनि ओैंल्याईदिनुभएमा धामलाई अझै अगाडि बढाउन सहज हुने उहाँको भनाई छ ।
गुल्मेली सम्पर्क समाज रूपन्देहीका अध्यक्ष डा.नारायण पन्थले धाम,समाज,मिलन केन्द्र एक अर्काका परिपुरक भएको उल्लेख गर्नुभयो । पन्थले श्रृङ्गेश्वर धाम पर्यटकीय केन्द्र बन्दै गईरहेको भन्दै अब धामको २०६० सालपछिको सबै ईतिहास समेटिएको स्मारिका प्रकाशन साथै बनभोज समेत गरिने जानकारी दिनुभयो । साथै धामको अक्षयकोषका लागि कोषाध्यक्ष माेतिलाल भण्डारीबाट २ लाख २१ हजार प्रदान भएको छ ।
धामको यहि पुस ७ गते सातौं बार्षिकसाधारणसभा तथा तेस्रो अधिवेशन भएको थियो ।सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
उपाध्यक्षमा नेत्र प्रसाद ज्ञवाली, सचिवमा गणेश प्रसाद कडेंल, कोषाध्यक्षमा मोतिलाल भण्डारी, सह–सचिवमा चिन्तामणी ज्ञवाली निर्वाचित भए भने सदस्यहरुमा लक्ष्मण अर्याल, पार्वता बेल्वासे,मन्दिरा शर्मा, रमा ज्ञवाली,विष्णु प्रसाद सुवेदी र ज्ञानबहादुर घिमिरे निर्वाचित भएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)