बुटवल,पुस १२ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान ) रुपन्देहीको तेस्रो अधिवेशनबाट अध्यक्षमा गिरीराज पाण्डे चयन भएका छन् ।उपाध्यक्षमा राजेशप्रसाद पाण्डे, सचिवमा गोबिन्द बस्नेत, कोषाध्यक्ष दिपेश अर्याल तथा सदस्यहरुमा उपेन्द्र यादव, समिर सुवेदी, रामचन्द्र खरेल, अर्जुन पौडेल निर्वाचित भएका छन्।
यसअघि भएको नेपाल शैक्षिक परामर्श संघ रुपन्देहीको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन उद्घाटन सत्रमा उच्च शिक्षा अध्ययनका लागि विदेश जानेहरुका लागि सहज बनाउन नेपाल शैक्षिक परामर्श संघ निरन्तर लागि परेको बक्ताहरूले बताए ।
इक्यानका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले सबै शैक्षिक संस्था एकजुट हुनुपर्ने बताए। राज्यको बुझाई सकारात्मक भए काम गर्न सहज हुने उनको भनाइ छ । नकारात्मक कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन इक्यान रुपन्देही सधै लागि रहने रुपन्देही अध्यक्ष देव बहादुर कुवरले बताए ।
साे अवसरमा गिरीराज पाण्डे ,गाेबिन्द खनाल,नवराज कुवर लगायतले बाेलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)