Logo मंगलवार, श्रावण १२ गते २०८३
images

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

  • 1.3K
    SHARES

  • क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

    काठमाडौँ, पुस १२ ।

    क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ बिहीबार पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । काठमाडौँ जिल्ला अदालतमा भएको सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको हो । 

    न्यायाधीश शिशिरराज ढकालको इजलासमा गत आइतबारदेखि फैसला बहस सुरु भएको थियो । सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी रहेको छ । बुधबार पनि सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । सन्दीप पक्षको बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि जिल्ला अदालतका न्यायाधीश ढकालले फैसला सुनाउनुहुनेछ । 

    सन्दीपमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो। सन्दीपमाथि २०७९ भदौ ५ मा काठमाडौँको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

    पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology