बुटवल, पुस ८ ।
लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीले आइतबार दिउँसो शपथ लिनु भएको छ ।प्रदेश प्रमुखको अमिक शेरचरणले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको उपस्थितिमा नेकपा माओबादी केन्द्रकी कृष्णा केसी (नमुना) सहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापा उद्योग तथा यातायात मन्त्रीको सपथ खुवाउनु भएको हो ।
यो संगै लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या नौं पुगेको छ ।मुख्यमन्त्री चौधरीले शनिबार दिउँसो केसी र थापालाई मन्त्री नियुक्त गर्नु भएको थियो । मुख्यमन्त्री चौधरीले अझैंपनि एउटा मन्त्रालय आफुसँगै राख्नु भएको छ । पछिल्लो समय बिस्तार भएपनि लुम्बिनी सरकारमा नेपाली काँग्रेस भित्रको संस्थापन पक्षको मात्रै उपस्थिति छ ।
यसबाट संस्थापन इतर समुह भने रुष्ट बनेको छ ।लुम्बिनी प्रदेश काँग्रेसका सभापति अमरसिंह पुनले मुख्यमन्त्री चौधरी आँफु संग छलफल नै नगरी एकलौटी ढंगले चलेको हुँदा त्यो स्वीकार्य नहुने भन्दै असुन्तुष्टि जाहेर गर्नु भएको थियो ।मुख्यमन्त्री चौधरीले पछिल्लो पटक आठ महिनापछि मन्त्रिमण्डल बिस्तार गर्नु भएको हो ।
चौधरी बैशाख १४ गते आठ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । नेकपा एमाले र राप्रपा भने उहाँको बिपक्षीमा उभिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)