बुटवल,पुस ८ ।
नेपाल टेनिस संघको आयोजनामा जारी २१ औं जयकर मेमोरियल टेनिस प्रतियोगिता–२०८० मा बुटवलका उदयमान खेलाडी निश्चल ज्ञवाली यु-९ उमेर समुहमा उपाधि चुमेका छन ।
उनले शनिबार भएको फाईनल खेलमा काठमाडौका बेदान्त चालिसेलाई ४–२, ५–३ को सोझो सेटमा जित निकाल्दै स्वर्ण पदक सहित नगद १२ हजार रुपैया जितेका हुन । न्यू होराइजन बोर्डिङ स्कुलमा अध्ययरत ज्ञवालीले यु-१० मा भने दोस्रो भए । उपविजेता बनेका उनि रजत पदक सहित नगद ७ हजार ५ सय रुपैयाबाट पुरस्कृत भए ।
प्रतियोगिताको यु-१४ उमेर समुहमा बुटवलकै बृजेश अर्याल विजेता भएका छन । उनले काठमाडौका बोरिस अधिकारीलाई ७–४, ७–५ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक सहित नगद २० हजार रुपैया पुरस्कार प्राप्त गरेका छन । काठमाण्डौपछि पोखरा र बुटवलमा लनटेनिसको क्रेज छ ।
बुटवलमा पछिल्लोसमय ब्यवसायिक खेल विकासमा जोड दिदै दक्ष प्रशिक्षकबाट नियमित अभ्यास गराउदा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको रुपन्देही टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीको दाबी छ । बिहान र साझ गरि विभिन्न उमेर समुहका खेलाडीहरु देबिनगरस्थित लनटेनिस कोर्टमा अभ्यास गदै आएका छन ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा प्रत्येक वर्ष राष्ट्रिय प्रतियोगिता आयोजना हुदै आएको छ । निकट भविष्यमा कोर्टको स्तरवृद्धि गरि अन्तराष्ट्रिय प्रतियोगिता खेलाउने लक्ष्यसहित योजना बनेको अध्यक्ष ज्ञवालीले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)