Logo बिहिवार, आश्विन १ गते २०८३
images

मालिका बचत तथा ऋण सहकारीको रक्तदान,७३ युनिट संकलन

मालिका बचत तथा ऋण सहकारीको रक्तदान,७३ युनिट संकलन

  • 1.1K
    SHARES

  • मालिका बचत तथा ऋण सहकारीको रक्तदान,७३ युनिट संकलन

    बुटवल,पुस ८ ।

    मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ११ को रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मुल नाराका साथमा कार्यक्रम भएको हो ।

    सहकारीको १६ ओैं स्थापना दिवसको सन्दर्भमा कार्यक्रम गरिएको अध्यक्ष कपिल आचार्यले बताउनुभयो ।सहकारीले हरेक बर्ष यसप्रकारको सामाजिक काम गर्दै आएको उहाँको भनाइ छ ।

    उहाले १ हजार २ सय सदस्य र ३० करोडको कारोबार गरिरहेको सहकारीमा नया सदस्यको संख्यामा समेत वृद्धि भएको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्रीले रक्तदान सबैभन्दा ठुलो धर्म भएको बताउनुभयो ।

    कार्यक्रममा संयोजक उपाध्यक्ष बिमलराज घिमिरे,सचिव सुशील नेपाल,सहसंयोजक अर्जुन कुवर,लिलाधर खनाल, ,यज्ञेश्वर मरासिनी ,रामराज लामिछाने  लगायतले बोल्नुभएको थियो । सहकारीले बुटवल, तिलोत्तमा,सैनामैना र देवदहलाइ कार्यक्षेत्र बनाएको छ । 
    रक्तस‌चार केन्द्र बुटवलले प्राबिधिक सहयोग गरेकोसाे कार्यक्रममा ७३ युनियट रगत संकलन भएको छ ।

    malikaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology