Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पोखरामा रवि लामिछानेलाई लक्षित गर्दै मकैको खोया प्रहार

पोखरामा रवि लामिछानेलाई लक्षित गर्दै मकैको खोया प्रहार

  • 939
    SHARES

  • पोखरामा रवि लामिछानेलाई लक्षित गर्दै  मकैको खोया प्रहार

    पाेखरा,पुस ८।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरामा मकैको खोया प्रहार भएको छ ।लमजुङको राइनास गाउँपालिका स्थायी ठेगाना भएका सन्तोष रानाभाटले रविलाई लक्षित गर्दै मकैको खोया प्रहार गरेका हुन् ।

    ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले मन्तव्य राखिरहेका बेला मञ्चमा उनलाई लक्षित गरी खोया प्रहार भएको थियो, तर उनलाई लागेन ।

    मन्तव्य राखिरहेकै बेला खोया मगाएर रविले खोया हान्ने व्यक्तिलाई केही नगर्न आफ्ना कार्यकर्ता र सुरक्षाकर्मीलाई आग्रह गरेका थिए । उनले खोया प्रहार आफूलाई चेतावनी भएको बताएका छन् ।

    ‘आज घोगा पाइस् तैले यदि बाटो बिराइस् भने के मात्र पाउँछस् कल्पना गर भनेर मलाइ चेतावनी दिइएको हो । मैले यसलाई सकारात्मक रुपमा लिएको छु’ उनले भने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology