बुटवल,पुस ७ ।
लोकबाणी सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड बुटवल ७ को छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।सहकारीका अध्यक्ष राधा ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा न ७ का अध्यक्ष पदम गाहाले सहकारीलाइ उत्पादनमुखी बनाउनुपर्ने बताए ।
उनले सहकारीले बचत र ऋण लगानीमात्रै नगरेर उत्पादनका लागि सक्रियता देखाउनपर्ने बताए ।अध्यक्ष राधा ज्ञवालीले सहकारीलाइ समयसापेक्ष बनाइने बताइन् ।उनले सहकारीका प्रस्तावित एजेन्डाहरू समेत प्रस्तुत गर्दै सहकारीलाई सामाजिक सेवामा पनि लगाईरहेकाे बताईन ।
कार्यक्रममा सिद्धश्वर माबिका प्राचार्य दिनानाथ गिरि,कल्याणकारी सहकारीका सचिब कृष्णप्रसाद ज्ञवाली,कांग्रेस नेता तथा समाजसेवी युवराज गिरि ,उपाध्यक्ष कलावती गिरी,लेखा संयाेजक केशरी भण्डारी ,सचिव उमाकान्ति पाण्डे ,शेयर सदस्य हिरा पाण्डे लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)