बुटवल, पुस ७ ।
रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस ब्यवसायी संघमा नयाँ नेतृत्व चयन भएको छ ।संघको शुक्रबार सम्पन्न १९ औ वार्षिक साधारणसभा तथा सातौ अधिवेसनले कमल पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
संघको बरिस्ठ उपाध्यक्षमा कृष्ण सापकोटा ,उपाध्यक्षमा बलराम पौडेल ,सचिवमा केशव कडेल ,कोषाध्यक्षमा रबिन्द्र कुमार श्रेष्ठ ,सह सचिबमा राजेश सुवेदी र सह कोषाध्यक्ष गणेश पौडेल चयन भएका हुन् ।
त्यस्तै सदस्यहरुमा नमकला बेलबासे, ज्ञानप्रसाद खनाल चिरञ्जिबी पोरखेल, किरण थापा, धर्मागत काफ्ले , राम प्रसाद भट्टराई चयन भएका छन् ।
लेखासमिति संयोजकमा बाबुराम घिमिरे ,सदस्यहरूमा हरि देवकोटा ,शेषकान्त घिमिरे त्यस्तै अनुगमन समिति संयोजकमा शरण हलुवाई,सदस्यहरूमा बिष्णु प्रसाद भुसाल र कमल कडेल रहेको निर्वाचन समितिले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)