Logo बुधवार, श्रावण १३ गते २०८३
images

टिम नेपो बुटवलले कपिलवस्तुको  बिजयनगरमा पुगेर बाँड्याे सेनेटरी प्याड तथा मास्क

टिम नेपो बुटवलले कपिलवस्तुको  बिजयनगरमा पुगेर बाँड्याे सेनेटरी प्याड तथा मास्क

  • 5.0K
    SHARES

  • टिम नेपो बुटवलले कपिलवस्तुको  बिजयनगरमा पुगेर बाँड्याे सेनेटरी प्याड तथा मास्क

    वुटवल,पुस ५- 

    टिम नेपो बुटवलले कपिलवस्तुको  बिजयनगर गाउँपालिका ६ कपिलवस्तु जनचेतना तथा सेनेटरी प्याड बितरण गरेको छ । कार्यक्रमा २ सय भन्दा बढी महिलाहरूलाइ सेनेटरी प्याड बाँडिएको हाे ।

    “स्वस्थ महिनावारी, हामी सबैको जिम्मेवारी ” भने नारा सहित जनचेतना तथा प्याड वितरण अभियान सुरु गरिएको अध्यक्ष सुमन पोखरेलले बताए  ।टिम नेपोका लुम्बिनी प्रदेश संयोजक अशोक गौतमले अभियानलाइ निरन्तरता दिइने नागरिक अनलाइनलाइ बताए । पहिलो कार्यक्रमको सफलता पछि  बिजयनगर कपिलवस्तुमा दोस्रो कार्यक्रम सम्पन्न भएकाे हाे । pad bitaran.jpg

    कार्यक्रममा प्रमुख अतिथि बिजयनगर गाउँपालीकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी ,विशिष्ट अतिथीमा टिम नेपोका लुम्बिनी प्रदेश संयोजक अशोक गौतम ,गाउँपालीका सदस्य सकुन्तला भणडारी,वडा सदस्य बिण्णुकुमार यादव र जसराज बिकको उपस्थिति रहेको थियो।

    कार्यक्रममा टिम नेपोको कोषाध्यक्ष शक्ति केसी ,पत्राचार आशिष खनाल  सदस्य सिर्जना ज्ञवाली, प्रतिक्षा घिमीरे ,लक्ष्मी न्यापानेको लगायतकाे सहभागिता थियाे । pad bitarann.jpg

    टिम नेपो बुटवलकी कोषाध्यक्ष तथा कार्यक्रम संयाेजक शक्ति केसीले महिनावारी हुँदा महिलाले गर्नुपर्ने कार्य साथै प्याडलाई कसरी प्रयोग गर्ने भनेर सिकाउनुभएको थियो । साेहि अवसरमा ४ सय पिस मास्क वितरण गरिएको थियो ।ppp.jpg

    कार्यक्रमको संचालन टिम नेपो बुटवलको सदस्य सिर्जना ज्ञवालीले गर्नुभयाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology