Logo बिहिवार, आश्विन १ गते २०८३
images

मिडिया कप फुटसलको उपाधि राज्य टेलिभिजनलाई

मिडिया कप फुटसलको उपाधि राज्य टेलिभिजनलाई

  • 1.7K
    SHARES

  • मिडिया कप फुटसलको उपाधि राज्य  टेलिभिजनलाई

    बुटवल,पुस ५ ।

    क्लिक इन्टरनेशनल मिडिया कप फुटसल-२०८० को उपाधि राज्य टेलिभिजनले प्राप्त गरेको छ । बुद्ध सञ्चार ग्रुपद्वारा सञ्चालित लुम्बिनी अपडेट्सले आयोजना गरेको पहिलो क्लिक इन्टरनेशनल मिडिया कप फुटसल प्रतियोगिताको फाईनल खेलमा गर्जनलाई शुन्यका बिरुद्ध ५ गोल गर्दै राज्य टिभिले उपाधि हात पारेको हो ।

    प्रतियोगितामा विजेता राज्य टिभिले ३० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा समेटिएको गर्जनपोष्टले २० हजार रुपैंया नगर पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

    उपाधि विजेता राज्यले ग्लोवल आवाज र गर्जनपोष्टले बुटवल टुडेलाई हराउदै फाईनलमा प्रवेश गरेका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडि, अत्यधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षक क्रमशस् गर्जजका शिव डुम्रे, राज्यका पालबहादुर सोमै र राज्यकै बिकाश गौतमलाई जनही ३ हजार रुपैंया प्रदान गरिएको छ । प्रतियोगितामा ८ टिम सहभागी थिए ।

    त्यस्तै खेलकुद पत्रकार मञ्च रुपन्देही र इक्यान रुपन्देही विच मैत्रीपूर्ण फुटसल खेल भएको छ । मैत्रीपूर्ण खेलमा १ का विरुद्ध २ गो गर्दै इ(क्यान विजयी भएको छ । विजयी इ(क्यानलाई १० हजार रुपैया नगद पुरस्कार प्रदान गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology