Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नाडामा सहमति : अध्यक्ष बन्दै करण चौधरी,अर्कोपटक गोल्छा !

नाडामा सहमति : अध्यक्ष बन्दै करण चौधरी,अर्कोपटक गोल्छा !

  • 3.1K
    SHARES

  • नाडामा सहमति : अध्यक्ष बन्दै करण चौधरी,अर्कोपटक  गोल्छा !

    बुटवल,पुस ३ ।

    अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष करण चौधरी सर्वसम्मत हुने भएका छन् । अध्यक्षका अर्का प्रत्यासी आकाश गोल्छालाई अर्को पटक अध्यक्ष बनाउने गरी नाडामा सहमति भएको बताइएको छ ।

    नाडाका अध्यक्ष ध्रुव थापा, महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश)सहित नाडाका पूर्व अध्यक्षहरुको बैठकमा उक्त सहमति भएको हो ।

    सहमतिमा नेतृत्व चयन गर्दा राम्रो सन्देश जाने र व्यवसायीहरुबीच एकताको भावना विकास हुने धारणासहित नाडामा सहमति गरिएको अध्यक्ष थापाले नागरिक अनलाइनलाइ बताए ।nada.jpg

    नाडाका महासचिव उप्रेतीका अनुसार अध्यक्षका अर्का प्रत्यासी प्रकाश कपुरी पनि उक्त सहमतिसँगै व्याक हुने भएका छन् ।नाडाको ४७औं साधारणसभा पुस २० र २१ गते हुँदैछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology