बुटवल,पुस १ ।
नेपाल जेसिजको ५० औँ राष्ट्रिय महाधिवेशनमा मतदान सुरु भएको छ । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा मतदान भैरहेको हो । एकवटा अध्यक्ष पदका लागि चारजना उम्मेदवार छन् । विद्युतिय मेसिनमा भोटिङ्ग सुरु गरिएको हो । अध्यक्ष पदका लागि रविन पोखरेल ,रजनी थापा, विजय गुरुङ्ग, रश्मी सिल्पकार चुनाबी मैदानमा रहेका छन् । यस्तै राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष ४ जनाका लागि लागि ९ जना चुनावी मैदानमा छन् ।
राष्ट्रिय कार्यकारीणी उपाध्यक्षमा कृष्ण सापकोटा, अनुपन सुनवार, बिर बहादुर बेघा बिरु, सन्दीप अग्रहरी, राजाराम गौतम, गुरुदेव पौडेल, सोनी श्रेष्ठ, चिरन्जीवी शर्मा, भिम बहादुर कुँवर राजु चुनावी मैदानमा रहेका छन् ।यस्तै राष्ट्रिय उपाध्यक्ष १२ जनाका लागि २२ जना मैदानमा छन् । महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा १ जना, राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा ४ जना र राष्ट्रिय उपाध्यक्ष पदको लागि १२ जना निर्वाचित हुने मुख्य निर्वाचन अधिकृत सुरेन्द्र कुमार महतोले नागरिक अनलाइनलाइ जानकारी दिए ।
नेपाल जेसिजमा २१ सदस्यीय कार्यसमितिमा १७ जना निर्वाचित,३ मनोनित १ जना पदेन हुनेछन् । निर्वाचनको लागि रामलक्ष्मण विद्युतीय भोटिङ्ग मेसिनको प्रयोग गरिएको हो । कुल मतदाता १०३२ जना रहेका छन् । मतभार भने करिब १ हजार ३ सय बराबर हुने जेसिजका पूर्व अन्तराष्ट्रिउ उपाध्यक्ष अनुपमान सैँजूले जानकारी दिए ।मतदान करिब ३ घण्टामा सकिने र मतदान सकिएपछिको १ घण्टाभित्रै नतिजा घाेषणा गर्ने तयारी भएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)