Logo बिहिवार, आश्विन १ गते २०८३
images

कमजोरी भए सच्याउन सदैव तत्पर रहनुपर्छ : उपसभापति खड्का

कमजोरी भए सच्याउन सदैव तत्पर रहनुपर्छ : उपसभापति खड्का

  • 879
    SHARES

  • कमजोरी भए सच्याउन सदैव तत्पर रहनुपर्छ : उपसभापति खड्का

    काठमाडौँ, मङ्सिर २९ ।

    उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी र सरकारका तर्फबाट कमी कमजोरी भए सच्याउन सदैव तत्पर रहनुपर्ने बताउनुभएको छ । 

    आज पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीको पुरानो नेतृत्वले स्थापित गरेका कतिपय मूल्य मान्यता भत्कँदै गएको स्वीकार गर्दै उपसभापति खड्काले यस प्रशिक्षणले ती कमीकमजोरी सच्याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । 

    उहाँले कार्यकर्तालाई आम नागरिकमा पुगेर पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार र सच्याउनुपर्ने कमीकमजोरीप्रति सजग गराउने दायित्व पूरा गर्न निर्देशन दिनुभयो । 

    बागमती प्रदेश प्रशिक्षण विभागको संयोजनमा आयोजित प्रशिक्षणमा कार्यकर्तालाई बागमती प्रदेशको तल्लो तहसम्म पुगेर कांग्रेसलाई जनजनमा पुराउन, समयसापेक्ष परिवर्तन हुन र जनताप्रति जिम्मेवार र उत्तरदायी भएर काम गर्न पनि उपसभापति खड्काले निर्देशन दिनुभयो । 

    उपसभापति खड्का पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखसमेत हुनुहुन्छ ।प्रतिष्ठानले आयोजना गरेको तीन दिने प्रशिक्षणमा बागमती प्रदेशका ६६ प्रदेश निर्वाचन क्षेत्रबाट एक-एक जना सहभागी थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology