Logo मंगलवार, श्रावण १२ गते २०८३
images

युवामैत्री नीति,कानुन र योजना बनाउन आवश्यक : सभामुख देवराज घिमिरे

युवामैत्री नीति,कानुन र योजना बनाउन आवश्यक : सभामुख देवराज घिमिरे

  • 1.4K
    SHARES

  • युवामैत्री नीति,कानुन र योजना बनाउन आवश्यक : सभामुख देवराज  घिमिरे

    बुटवल,मंसिर २९ । 

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवामैत्री नीति ,कानुन र योजना निर्माणमा गर्नुपर्ने बताउनुभएको छ । युवाको पक्षमा कानुन बनाउन नेपालको संसद प्रतिबद्ध रहेको उल्लेख गर्दै सभामुख घिमिरेले अहिले युवाहरुमा देखिएका निरासा अन्त्य गर्नुपर्ने बताउनुभयो ।

    नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनको बुटवलमा उद्घाटन गर्दै सभामुख घिमिरेले  जेसिजका कतिपय अभियानहरु राष्ट्रिय राजनीतिको भन्दा पनि उत्तम रहेको उल्लेख गर्नुभयो । उहाँले जेसिजको मुल्य मान्यता अझै बढि पारिपालन गर्नुपर्ने आवश्यकता सबैमा रहेको बताउनुभयो ।

    घिमिरेले जेसिजमा एक पटकमा एउटा पदमा मात्रै नेतृत्व गर्न पाउने परिपाटी अन्य संघ संस्था र राजनीतिमा पनि अनुकरणीय रहेको उल्लेख गर्नुभयो । उहाँले १८ बर्षदेखि ४० बर्ष उमेर हद लागू गरिनु आफैमा राम्रो पक्ष भएको भन्दै नेपाली राजनीतिमा ६० बर्ष उमेर काटेपछि पनि युवा नेता भन्ने परिपाटीलाई जेसिजबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।‘राजनीतिमा जस्तो ६० काटेपछि पनि युवा नेता भन्ने यहाँ हुदैन, जुन हाम्रो पक्ष हो  ।’ उहाँको भनाइ छ ।

    पछिल्लो सयमया युवाहरुको राजनीति प्रति आर्कषण बढ्दै गएको भन्दै उनले राजनीतिमा लाग्नको लागि पनि जोड दिनुभयो ।  उहाँले उच्च शिक्षाको लागि, रोजगारको लागि युवा विदेशीने परिपाटी रहेको भन्दै यस्तो परिपाटी रोक्नको लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

    युवाहरुको अन्तरिनिहत प्रतिभालाई पहिचान गरी सरकारले स्वदेशमा नै युवा शक्ति  बस्न पाउने गरी  व्यवस्था गर्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा युवा पुस्तामा देशमा नै केही गर्नुपर्दछ भन्ने अभियानको विकास भएको भन्दै उहाले यसको लागि सरकारी निकायबाट पनि युवा पुस्ता पलायन रोक्नको लागि कदम चाल्नुपर्ने धारणा राख्नुभयो ।

    नेपाल जेसिजका पुर्व अध्यक्ष तथा  महाधिवेसन निर्देशक जगतबहादुर पोखरेलले जेसिजको नियमबाट अन्यले पनि पाठ सिक्न जरुरी रहेको बताउनुभयो । उहाँले बोल्नेभन्दा पनि काम गर्ने परिपाटीको बिकास हुनुपर्ने बताउनुभयो । बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा जेसिजको महाधिवेसनले राष्ट्रिय सन्देश दिएको बताउनुभयो । युवावर्गले देश छाड्ने नभइ राजनीतिमा आउन उहाँको आग्रह छ ।

    savamukh.jpg
    ‘सक्षम युवा सुदृढ देश : सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारा सहित भएको  नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनले बुटवलबाट नयाँ सन्देश दिएको पूर्व राष्ट्रिय अध्यक्ष तथा अन्तराष्ट्रिय उपाध्यक्ष अनुपमान सैजुले बताउनुभयो  ।

    सो अबसरमा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष बिकास मानन्धर,प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ,बिष्णु पन्थी,पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल,पत्रकार ऋषि धमला, बुटवल शाखा अध्यक्ष हरिबिक्रम कुवर,गोपाल अधिकारी,कल्पना कुसुम लगायतले बोलेका थिए । 10 yuwa.jpg
    सो अबसरमा बुटवल शाखाको स्मारिका,नेपाल जेसिजको डिजिटल स्मारिका, १० जना उत्कृष्ट युवालाइ सम्मानपत्र, पदक तथा नगदसहित सम्मान,तथा पत्रकार ऋषि धमलालाइ उत्कृष्ट पत्रकारका रुपमा सम्मान गरिएको प्रचार संयोजक राजीब गौतमले जानकारी दिनुभयो । महाधिवेशनमा नेपाल जेसीजका १७८ शाखाबाट १ हजार २४६ प्रतिनिधि  सहभागी रहेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology