Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पतालमाअन्तर वैयक्तिक सञ्चार विभाग सेवा शुरु

लुम्बिनी प्रादेशिक अस्पतालमाअन्तर वैयक्तिक सञ्चार विभाग सेवा शुरु

  • 1.3K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालमाअन्तर वैयक्तिक सञ्चार विभाग सेवा शुरु

    बुटवल,मंसिर २८ ।

    लुम्बिनी प्रादेशिक अस्पतालमा नेपालमै पहिलो पटक अन्तर वैयक्तिक संचार विभाग सेवा शुरु भएको छ। विभाग चिकित्सकहरुविच समन्वय बढाउने अस्पतालको सि ब्लबमा रहेको क्याबिन भवनमा सेवा शुभारम्भ गरिएको हो ।

    एक समारोहका बिच अस्पतालका नर्सिङ प्रमुख ज्योती पौडेलले सेवा शुभारम्भ गर्दै सेवासंगै सेवाग्राहीबाट गुनासाहरु पनि आउने गरेको बताईन। एक अर्को विभाग विच समन्वय, सेवाको गुणस्तर बढाउन मद्दत मिल्ने आशा ब्यक्त गरे । अन्य विभागलाई हौसला बढाउन यो विभागबाट मद्दत मिल्ने उनले दाबी गरिन । यो विभागलाई सहयोग गर्ने टिम तयार गरिएको उनले बताईन।

    कार्यक्रममा अस्पतालका मेसु डा सुदर्शन थापा द्वन्द ब्यवस्थापनका निम्ति आशाको किरणको रुपमा विभागको सेवा हुने बताए । वर्षौदेखि अस्पताल र अस्पतालका चिकित्सक साथै बिरामी र बिरामीका आफन्तबिच हुने द्वन्द देखिने गरेको भन्दै उनले यसलाई कम गर्न यो विभागको प्रभावकारी भुमिका हुनेमा आशावादी रहेको उनले बताए । विरामी सेवा लिएर फर्किएपछि सरकारी अस्पतालका चिकित्सक, कर्मचारी र सेवाप्रति गुनासो हुने गरेको उनले बताईन ।

    विदेशमा बिरामीसंग कसरी बोली व्यवहार गर्ने बारे मेडिकल क्षेत्रमा प्रवेश गर्दाबाट नै परीक्षा दिनुपर्ने हुन्छ तर नेपालमा पाठ्यक्रम ल्याईएको भएपनि कोर्षमा नराखिनु एउटा मुख्य कमजोरी भएको उनले बताए । बिरामीसंगको बोली,व्यवहार र घरपरिवार, समुदायसंग गर्ने फरक हुने हुदा यसलाई बुझ्न जरुरी रहेको उनले बताए ।

    हरेक ब्यक्ति आत्मसम्मान खोज्छ त्यसलाई गिराएको खण्डमा उसले सबैलाई यो विभागमा सबै अस्पतालका ८ सय बढी सहभागी हुने उनले बताए । आम बिरामीलाई बुझ्ने वातावरण गराउने गरि यो विभाग निरन्तर तालिम संचालन गर्दै जाने उनले बताए । मुल्यांकनको आधारका रुपमा यो तालिम हुने उनले बताए । ‘अस्पतालका चिकित्सक, कर्मचारीहरुको व्यवहार परिवर्तन हुने दिर्घकालिन सिकाईको संस्कृति हो ।’— उनले भने । छोटोसमयका तालिम हो ।

    कार्यक्रममा अस्पतालका वरिष्ठ चिकित्सक डा श्रीधर आचार्यले अस्पतालबाट दिईने सेवाबाट गुणस्तरीय हुने भएपनि सेवाग्राहीको कतिपय अवस्थामा सन्तुष्टि नदेखिने गरेको बताए। कामको चापकै कारण सेवाग्राहीलाई बढि समय दिन सक्ने अवस्था रहेको उनले बताउदै कतिपय देखिने गरेको कमजोरीहरु हटाउन विभागबाट मद्दत मिल्ने बताए । अस्पतालको सेवाप्रति थप विश्वास जगाउन र विभागहरुका बिचमा समन्वयलाई मद्दत मिल्ने उनले बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, अस्पतालका सुचना अधिकारी डा नेत्र बहादुर राना, अस्पतालका प्रशासकिय प्रमुख राजेन्द्र जिसी, विभागका सदस्य सचिव माधुरी ज्ञवालीले अस्पतालबाट दिईएको सेवा गुणस्तरीय भएको तर पनि सेवा पछिको संचारको अभाव देखिएको भन्दै समस्या हटाउने गरि विभाग स्थापना गरिएको बताए ।

    यसअघिमात्र अस्पतालमा मधुमेह क्लिनिक र महिला प्रसुति तथा बालबालिका ल्याब नमुना संकलन केन्द्र सेवा शुभारम्भ गरिएको थियो ।विशेषज्ञ चिकित्सकहरुबाट अस्पतालमा दैनिक २ हजार बढि बिरामीहरुले सेवा लिन्छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology