Logo बिहिवार, श्रावण १४ गते २०८३
images

गलकोटमा बाह्रौँ  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता तथा तेस्रो मेयर कप सुरु

गलकोटमा बाह्रौँ  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता तथा तेस्रो मेयर कप सुरु

  • 1.8K
    SHARES

  • गलकोटमा बाह्रौँ  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता तथा तेस्रो मेयर कप सुरु

    कौरव खत्री/ बागलुङ,मंसिर २७ ।

    बागलुङको गलकोट नगरपालिकामा बाह्रौं राष्ट्रपति रनिङ शील्ड  विद्यालय स्तरीय खेलकुद तथा तेस्रो मेयरकप प्रतियोगिता मंगलवारदेखि  सुरु भएको छ ।

    बाह्रौं राष्ट्रपति रनिङ शील्ड  विद्यालय स्तरीय खेलकुद तथा तेस्रो मेयरकप प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका  उद्योग,पर्यटन बन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री दिपेन्द्र बहादुर थापाले  कार्यक्रम सफलताको शुभकामना दिदै गाउँका विद्यालयहरूलाई व्यवस्थित र पठानपाठनको वातावरण कसरी गर्न सकिन्छ भनेर प्रदेश सरकारले एकीकृत  विद्यालय कार्यक्रम अगाडि सारिएको  बताउनुभयो ।साथै  मन्त्री थापाले विद्यार्थीलाई गाउँमै बस्ने वातावरण  र रोजगारी  सिर्जना गर्ने गरि  सीपमूलक शिक्षा दिनुपर्नेमा  जोड दिनुभयो ।

    school (2).jpg

    सोही अवसरमा   गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैर,नगर उपप्रमुख फमलाल निउरे,गलकोट नगरपालिका वडा न। ३ का वडाअध्यक्ष फम बहादुर खत्री, गलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक देबेन्द्र बहादुर खत्री, पेसागतको तर्फबाट भिम बहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    साथै तीन दिन सम्म चल्ने प्रतियोगितमा गलकोट नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी माध्यमिक तहका १९ बिद्यालय सहभागी छन ।

    प्रतियोगितामा कबड्डी, अन्तर विद्यालय स्तरीय भलिवल, दौड, हाईजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट लगायतका कार्यक्रमहरू सञ्चालन हुने छन् ।

    कार्यक्रम गलकोट नगर खेलकुद विकास  समिति अध्यक्ष योगेश भण्डारीको अध्यक्षता तथा गलकोट नगरपालिकाका निमित्त  प्रमुख प्रशाशकीय अधिकृत रुद्रनारायण सापकोटाको स्वागत मन्तव्यसगै शुरू भएको  कार्यक्रमको सञ्चालन भने गलकोट नगरपालिकाका शिक्षा अधिकृत शिव खड्काले गर्नु भएको थियो । कार्यक्रम गलकोट नगरपालिकाको वडा नं ३ स्थित गलकोट माध्यमिक विद्यालय हटियामा सञ्चालन भइरहेको छ ।

    school (1).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology