Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही उद्योग संघमा सल्लाहकार तथा सदस्य मनोनित

रुपन्देही उद्योग संघमा सल्लाहकार तथा सदस्य मनोनित

  • 1.7K
    SHARES

  • रुपन्देही उद्योग संघमा सल्लाहकार तथा सदस्य मनोनित

    बुटवल,मंसिर २६ । 

    रुपन्देही उद्योग संघले विभिन्न क्षेत्रमा सल्लाहकार तथा सदस्य मनोनित गरेको छ । आइतबार नवनिर्वाचित अध्यक्ष दिलिप सापकोटाले सल्लाहकार समिति र ३ जना कार्यसमिति सदस्य पदमा मनोनित गरेको जनाएका छन् ।

    संघको विधान अनुसार संघका अध्यक्षले ३ जना उद्योगीलाई कार्यसमिति सदस्यमा मनोनित गर्नपाउने व्यवस्था छ । सदस्यहरुमा पण्डित आयुवेर्दिक उद्योग तिलोत्तमाका चन्द्रकान्त खनाल, अन्नपूर्ण बेकरीज उद्योग सिद्धार्थनगरका यादव गैरे र मनिषा इन्जिनियरिङ्ग इण्डष्ट्रिज बुटवलकी दिलु शाहीलाई मनोनित  गरिएको छ ।

    त्यसैगरी संघको सल्लाहकार समिति संयोजकमा संघका पूर्बअध्यक्ष बाबुराम बोहोरा, सदस्यहरुमा अस्मिता कापी उद्योग बुटवलका ऋषिबहादुर भण्डारी, सुपर कंक्रिट उद्योग बुटवलका शिवकुमार पाठक, लुम्बिनी आल्मुनियम एण्ड मेटल इण्डष्ट्रिज बुटवलका राजेन्द्र कार्की र फस्ट च्वाइस फुड्स प्रालि शुद्धोधनका कृष्णप्रसाद पौडेललाई मनोनयन गरिएको अध्यक्ष सापकोटाले जनाएका छन् ।

    त्यसैगरी आर्थिक सल्लाहकारमा प्राध्यापक भरत भुसाल, कानुनी सल्लाहकारमा अधिवक्ता यमलाल खनाल, प्राविधिक सल्लाहकारमा ज्ञानप्रसाद अर्याल र प्रेस सल्लाहकारमा रामप्रसाद आचार्य मनोनित भएका छन् । आश्विन २९ गते सम्पन्न २३ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष सापकोटाले संघको विधानको अधिकार प्रयोग गरी मनोनित गरेको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

     

    जग्गा अभाव झेल्दै उद्योगी,औद्योगिक क्षेत्रहरुको सहि व्यवस्थापन कहिले ?

    आर.पी आचार्यलाइ उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार

    अर्थतन्त्र संकटमा छ,सरकार सत्ता टिकाउन चिर्कटाेमा केन्द्रीत छ : बिष्णु पाैडेल

    रुपन्देही उद्योग संघको २३ औं अधिवेशन असाेज २९ मा हुने

    मुद्दा मामिला झेल्दै रुपन्देहीका उद्योगी,ट्रंक लाईनको बिलिङ्ले थप्यो त्रास !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology