Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आजको विश्वमा शान्तिको महत्त्व अझ बढ्दै : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

आजको विश्वमा शान्तिको महत्त्व अझ बढ्दै : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

  • 1.9K
    SHARES

  • आजको विश्वमा शान्तिको महत्त्व अझ बढ्दै  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

    नवलपरासी,मङ्सिर २६ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताउनुभएको छ ।नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बुद्धका सिद्धान्त, विचार र दर्शनहरु कहिल्यै पुराना हुँदैनन् । ती मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्त्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्त्व अझ बढ्न गएको छ ।”

    pm ramgram.jpg

    उहाँले लुम्बिनी जस्तो पावन भूमिबाट विश्व समुदायलाई विशेष रुपले शान्तिका निम्ति अपिल पनि गर्नुभयो । रामग्रामको विकासका निम्ति भएका कार्यक्रममार्फत हुने प्रतिबद्धताले उक्त क्षेत्रको महत्त्व झन् बढेर गएको उहाँको भनाइ थियो  ।

    प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घका महासचिव आउनुभएको प्रसङ्ग स्मरण गर्दै अगाडि भन्नुभयो, “मैले राष्ट्रसङ्घका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रणा दिएको थिएँ । उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत भयो ।”

    उहाँले देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरोलगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएकाे बताउनुभयो ।

    pm.jpg

    उहाँले कोप–२८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिबद्धता व्यक्त भएको उल्लेख गर्नुहुँदै उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology