बुटवल,मंसिर २४ ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा भएको ट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । शनिबार साँझ महेन्द्र राजमार्गको शितगंगा ८ सातमारामा राप्ति पुल नजिकै ना ६ ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।
मृत्यु हुनेमा सोही ट्रकका चालक चालक नबलपरासी (पश्चिम) रामग्राम नगरपालिका १८ बस्ने ३१ वर्षिय संजय कुमार चौधरी र सह चालक भाेला कुर्मी रहेका छन् । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)