Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसार बचत तथा ऋण सहकारीको ११औं वार्षिक साधारण सभा सम्पन्न

संसार बचत तथा ऋण सहकारीको ११औं वार्षिक साधारण सभा सम्पन्न

  • 1.9K
    SHARES

  • संसार बचत तथा ऋण सहकारीको ११औं वार्षिक साधारण सभा सम्पन्न

    बुटवल,मंसिर २४ ।

    संसार बचत तथा ऋण सहकारीको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बचत गर्ने बानीको विकासका लागि संसार सहकारी भन्ने नाराका साथ सहकारीको वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको हो ।

    उक्त ११औं वार्षिक साधारण सभामा बोल्ने सहकारी अभियान्ताहरुले सहकारीले गरिबी निबारणमा राज्यलाई सहयोग पुराएको र आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सहयोगी बनेको बताए ।

    केही सहकारीहरुले गलत काम गरेकाले राम्रा काम गर्दै आएका सहकारीहरु पनि गलत आर्थिक काराोावार गर्ने सहकारीकै आधारमा हेरिएको बताउंदै संसार बचत तथा ऋण सहकारीले ऐन नियम अनुसार काम गरेको उनीहरुले बताएका छन् । वार्षिक साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सन्दिप सापकोटाले समूदायमा आधारिध सहकारीहरुमा कुनै समस्या नभएको बताए । उनले मिटरब्याजे, बैंकर्स र उच्च पदस्थ कर्मचारीहरुको कालो धनका कारण सहकारीमा समस्या आएको बताउंदै सहकारीमा देखिएका समस्या क्रमस हट्दै जाने बताए ।

    उनले सहकारीमा आवद्द नभएकाहरुलाई सहकारी अभियानमा आवद्द हुन आग्रह गरेका छन् । सहकारीका संस्थापक अध्यक्ष नारायण बेल्बासे ले केही सहकारीले बदनाम गरेपनि संसार सहकारी ऐन नियम अनुसार चलेको बताए । उनले सहकारीको लगानी कृषि, पर्यटनलगायतका अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

    सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष प्रकाश भट्टराई ले सहकारी सही ढंगले चले नचलेको विषयमा चनाखो हुन र हिसाव किताव हेर्न सहकारीका सदस्यहरुलाई आग्रह गरे । उनले हाम्रो संसार सहकारी नियमपूर्वक चलेको दावी गर्दै सहकारीको लगानी सही ठाउंमा भएको बताए । सहकारीको लगानी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न काे लागि सस्थागत पूजि कोषकाे ५०% लगानि काे लागि प्रस्ताव पेस गनुभयाे ।

    अध्यक्ष भट्टराई ले कृषि र पर्यटनको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए सहकारीका अध्यक्ष प्रकाश भट्टराई अध्यक्षता, उपाध्यक्ष पदम प्रसाद न्यौपाने को स्वागत र सचिव राजेश केसी को सञ्चालनमा कार्यक्रम भएको हो । उक्त वार्षिक साधारण सभामा विभिन्न तहमा उत्कृष्ट सदस्यहरुका असल बचत कर्ता , सर्वाधिक सदस्य वृद्धि गर्ने सदस्य , असल ऋणीलाई सम्मान गरिएको सहकारी सञ्चालक समितिका सदस्य लेखनाथ बस्यालले जानकारी गराए । १२ सय ७६ सदस्य र एउटा सेवाकेन्द्र गरी २ वटा कार्यालय बाट सेवा प्रदान गर्ने संसार सहकारीको ११कराेड २८लाख वासलात , ८०२ काे उपस्थित रहेकाे थियाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology