Logo बिहिवार, आश्विन १ गते २०८३
images

भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रियो मानव अधिकार तथा शान्ति समाज रुपन्देही

भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रियो मानव अधिकार तथा शान्ति समाज रुपन्देही

  • 1.6K
    SHARES

  • भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रियो मानव अधिकार तथा शान्ति समाज रुपन्देही

    बुटवल,मंसिर २४ ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ  ।भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा संस्थाले बुटवल अस्पतालाइनमा प्रदर्शन गरेको हो ।

    भ्रष्ट्राचारका कारण लोकतन्त्र खतरा परेको भन्दै प्रदर्शनकारीले मूल दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन्।  कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति समाजका केन्द्रीय निवर्तमान सभापति  गोविन्द खनालले भ्रष्ट्राचार लोकतन्त्रको दुस्मन भएको बताए ।

    उनले भ्रष्ट्राचार नियन्त्रण गर्नका लागि सबै लाग्नुपर्ने बताए ।  कार्यक्रममा लेखक ऋषि आजाद, संस्थाका केन्द्रीय सचिव मिना ढकाल , जिल्ला सभापति खिमप्रसाद भट्टराई (कृष्ण)  ,उपसभापति कपिल ज्ञवाली,सचिव कृष्ण पाण्डे,लगायतले सम्बोधन गरेका थिए । 

    संयुक्त राष्ट्रसङ्घले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।  नेपालले सन् २०११ मा महासन्धि अनुमोदन गरेको हो ।

    संयुक्त राष्ट्रसङ्घको महासभाले आजकै दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रूपमा मान्यता दिएको थियो ।andolan.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology