रूरू,मंसिर २४ ।
रुरुधार्मिक सेवा सन्चार प्रालिले नबौँ भजन महोत्सव तथा भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउँदो पुस १२ गते विवाह पंचमी पुनित अवसरमा कार्यक्रम गर्न लागेको हो ।
सोहि कार्यक्रममा विगतका बर्षहरुमा जस्तै यश बर्ष पनि दोहोरो शङ्ख बजाउने प्रतियोगिता ,करोड दीप प्रज्वन पत्रकार सम्मान , उत्कृष्ट कृषक सम्मान ,असल बुहारी सम्मान, उत्कृष्ट बिद्यार्थी सम्मान दाता सम्मान , दुना टपरी प्रतियोगिता शिखा सुत्र प्रतियोगिता अन्तर्गत शिखा सुत्र प्रतियोगिता , विभिन्न पाठ चौरासी पुजा तुला दान , पाठ पारायण ,तथा विविध कार्यक्रम गर्ने प्रा.लिका अध्यक्ष चुरामणि तिमिल्सिनाले जानकारी दिनुभयो।
भजन प्रतियोगितामा प्रथम पुरस्कार रु ११ हजार प्रमाणपत्र ,दितिय पुरस्कार रु ७ हजार र प्रमाणपत्र , तृतीय पुरस्कर रु ५ हजार र प्रमाण पत्र सान्त्वना पुरस्कार रु २ हजार प्रमाणपत्र प्रदान गरिने आयोजकले निर्णय गरेको छ ।
साथै सहभागी पुरस्कार रु १ हजार र प्रमाणपत्र समेत दिइने छ । यसै गरि शङख बजाउने प्रतियोगिताका लागि प्रथम पुरस्कार रु १५०० र प्रमाणपत्र दितिय पुरस्कर रु १हजार र प्रमाणपत्र , त्तितिय पुरस्कार ७सय र प्रमाणपत्र सान्त्वना पुरस्कार २जनालाई रु ५ सयका दरले प्रदान गरिनेछ यस्तै दुना टपरी तर्फ प्रथम हुनेलाइ रु २हजार र प्रमाणपत्र द्वितीय हुनेलाइ रु १५ सय र प्रमाणपत्र तृतीय हुनेलाइ रु१ हजार प्रमाणपत्र सान्त्वना हुनेलाई रु ५ सय दुई जनालाई प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।
यस्तै शिखा शुत्र प्रतियोगिता ८ बर्स देखि २५ सम्म १५०० हुदै ५०० सम्म पुरस्कार यस्तै २५ बर्ष देखि ५० सम्मको पुरस्कार १५ ००सय देखि ५०० सम्म यस्तै ५० देखि माथिल्लो उमेर समुहका लागिपनि पुरस्कारको रकम राखिएको छ। कार्यक्रम लाई भब्य रुपमा सम्पन्न गर्न पाल्पा गुल्मी स्याङ्जा अर्घाखाँची रुपन्देही मा पुगेर कार्यक्रमको जानकारी सङै भक्तजन लाई निमन्त्रणाको अभियान पनि अगाडी बढाइएको प्रा.लि.का अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो।
रुरुधाम रिडीमा कार्यक्रम अवलोकन गर्न आउने सम्पुर्ण भक्तजनहरुलाई भन्डाराको समेत व्यवस्था गरिने सम्पुर्ण पितृहरुको सम्झना गर्दै पितृ महापुराण पाठपारायण चुरासि पुजा कालीगण्डकीमा तिन जिल्लामामै तामाको तोरण साथै खर कुस जनै तथा फुलमालाको तोरण पनि तारिने , बेद पाठ चण्डी पाठ शिबजिको पुजा , ग्रहसान्ती समेत गरिने, कार्यक्रममा रु १ हजार भन्दा माथी दान गर्ने दातालाइ सम्मान गरिने रुरु अनलाईन सन्चार प्रा लिका प्रधान सम्पादक बिष्णु प्रसाद पाण्डेले जानकारी दिनु भयो । कार्यक्रम रुरुक्षेत्र धामको पवित्र स्थल रुरुधाम रिडीमा गरिने छ । यस्तै कार्यक्रम लाई सफल पुर्याउन विभिन्न स्थानमा पुगेर कार्यको लागि जिम्मेवारी दिने काम पनि अन्तिम चरण्मा पुगेको खेमराज ज्ञवालीले बताउनु भयो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)