Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मानव कल्याण मित्र मञ्चद्वारा स्वास्थ्य सेवा केन्द्रलाई साढे २ लाखको आइसियू बेड हस्तान्तरण

मानव कल्याण मित्र मञ्चद्वारा स्वास्थ्य सेवा केन्द्रलाई साढे २ लाखको आइसियू बेड हस्तान्तरण

  • 3.1K
    SHARES

  • मानव कल्याण मित्र मञ्चद्वारा स्वास्थ्य सेवा केन्द्रलाई साढे २ लाखको आइसियू बेड हस्तान्तरण

    बुटवल,पुस ४-

    मानव कल्याण मित्र मञ्च नेपालले तिलोत्तमा नगरपालिकाको स्वामित्वमा सञ्चालित स्वास्थ्य सेवा केन्द्रलाई आइसियू बेड हस्तान्तरण गरेको छ ।

    शनिबार तिलोत्तमाको शंकरनगरमा आयोजित मञ्चको बार्षिक साधारण सभा कार्यक्रममा मञ्चले २ लाख ५२ हजार मूल्य बराबरको आइसियू बेड तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेलाई हस्तान्तरण गरेको हो ।

    सो अवसरमा मञ्चले संस्थाको स्थापना दिवसको दिन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा जन्मिने पहिलो १० बच्चालाई ३ हजार १ सय रुपयाँको मुद्धती खाता खोलिदिने घोषणा समेत गरेको छ ।

    मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालको सभापतित्व र तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा मञ्चका संरक्षक पुरुषोत्तम भट्टराई,सल्लाहकार टेक बहादुर थापा,रोटरी क्लव अफ मणिग्रामका अध्यक्ष कृष्ण नेपाल,अविनास अनाथ आश्रम का अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली,तिलोत्तमाका उद्योगि तथा समाजसेवी कृष्ण बहादुर गौतम लगायतले मन्तब्य व्यक्त गर्दै सामाजिक सेवाको क्षेत्रमा मञ्चले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको थियो ।

    संस्थाका सल्लाहकार हरी प्रसाद रेग्मीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष अर्यालले बार्षिक प्रतिवेदन र सह कोषाध्यक्ष मञ्जु भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिब कबिता पन्थीले गर्नु भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology