बुटवल,मंसिर २२ ।
बुटवल ११ देवीनगरमा रहेको जी ट्वान्टी फाइब क्लवले रक्तदान कार्यक्रम गरेको छ । देबीनगर चौपारीमा क्लवले आठौँ पटक रक्तदान गरेको जनाएको छ ।सो अवसरमा ७६ युनिट रगत संकलन भएको हो ।
सो अबसरमा क्लवका अध्यक्ष निर्मल नेपाल,वडा न ११ का बडाअध्यक्ष रामचन्द्र क्षेत्री,नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्री ,कार्यक्रम संयोजक मिलन भारी,सुनिल शाही,किशोर पंगेनी,सुवास रायमाझी लगायतले बोल्दै क्लवले सामाजिक काम गर्दै आइरहेको बताएका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)