Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षका उम्मेदवार श्रेष्ठको चुनावी दाैडधुप तीव्र

उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षका उम्मेदवार श्रेष्ठको चुनावी दाैडधुप तीव्र

  • 2.5K
    SHARES

  • उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षका उम्मेदवार श्रेष्ठको चुनावी दाैडधुप तीव्र

    बुटवल,पुस ४ -

    नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अधिवेशनको मिति तोकिएपछि चुनावी प्रचार अभियान तीव्र पारिएको छ ।

    नेपाल उद्योग बाणिज्य महासंघमा समेत दावेदारी छोडेर बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई प्रदेशको अध्यक्षमा प्रस्तुत गरेको छ ।

    नेपाल उद्योग बाणिज्य महासंघमा ‘क’ वर्गको उद्योग बाणिज्य संघको रुपमा निरन्तर सम्मानित हुँदै आएको बुटवल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशमा अब्बल उद्योग बाणिज्य संघको रुपमा लिईन्छ ।

    बुटवल उद्योग बाणिज्य संघको कुशलतापूर्वक नेतृत्व सम्हाली सकेका श्रेष्ठ यस अंगाडी महासंघको सदस्य समेत भईसक्नु भएको छ । प्रदेशको नेतृत्व लिनको लागि महासंघको सहज यात्रालाई समेत छाडेर महासंघको प्रदेश समितिलाई ससक्त बनाउने बाचा सहित श्रेष्ठले चुनावी प्रचार अभियान सुरु गर्नु भएको छ ।

    संघका पूर्व अध्यक्ष श्रेष्ठलाई प्रदेश अध्यक्षमा प्रस्तुत गरेको बुटवल उद्योग बाणिज्य संघको टोली जिल्ला नगर उद्योग बाणिज्य संघहरुमा भेटभाटमा हिंडेको छ ।

    यो यात्रा नेतृत्व हत्याउने रणनीति मात्रै नभएर जिल्ला नगरका समस्याहरुका बारेमा समेत जानकारी लिने र निर्वाचित भईसकेपछि ति समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने अध्ययन समेत गरिने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो ।

    चुनावी प्रचार सहित शनिबार निस्केको चुनावी टोलीमा प्रदेश अध्यक्षका उम्मेदवार सुरेन्द्रप्रसाद श्रेष्ठ सहित बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, निवर्तमान अध्यक्ष महेशमान सिंह, बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल, कार्यसमिति सदस्य बाबुराम विश्वकर्मा र सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री हुनुहुन्छ ।

    बुटवलबाट निस्केको टोलीलाई सैनामैना उद्योग बाणिज्य संघले शनिबार नै रुपन्देहीको सैनामैनामा स्वागत सहित समर्थन गरेको छ ।टोलीले लुम्बिनी प्रदेशका पश्चिमका जिल्ला नगर उद्योग बाणिज्य संघमा भेटघाट गर्ने र प्रदेश अध्यक्षमा समर्थन लिईने बताईएको छ । बुटवल उद्योग बाणिज्य संघले नेपाल उद्योग बाणिज्य संघमा अरु जिल्ला नगरका उम्मेदवारलाई सहयोग गरेकोले प्रदेशको अध्यक्षमा आफूलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।

    नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिको शुक्रबार बसेको कार्यसमिति बैठकले यहि पुस २५ गते प्रदेश अधिवेशनको मिति तोकेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology