Logo मंगलवार, श्रावण १२ गते २०८३
images

युवा गजलकार पाण्डेले ल्याए‘म प्रेम खोजिरहेछु’ 

युवा गजलकार पाण्डेले ल्याए‘म प्रेम खोजिरहेछु’ 

  • 4.4K
    SHARES

  • युवा गजलकार पाण्डेले ल्याए‘म प्रेम खोजिरहेछु’ 

    बुटवल,पुस ४ -

    गजलकार पुरुषोत्तम पाण्डेयको गजल सङ्ग्रह ‘म प्रेम खोजिरहेछु’ कृतिको साङ्गीतिक प्रस्तुतिसहित आज बुटवलमा लोकार्पण भएको छ । कार्यक्रममा गजल सङ्ग्रहभित्र रहेका केही गजलहरू साङ्गीतिक रूपमा गाएर गायक बालकृष्ण पाण्डे, रमेश कौशल, रुपा रौतार र घनश्याम घिमिरेले उपस्थित दर्शकको मन जितेका थिए ।

    त्यसैगरी वाद्यवादनमा रमेश रेश्मी र यम पुन मगरले साथ दिनुभएको थियो भने साङ्गीतिक गजल गायनको संयोजन गायक तथा सङ्गीतकार विजय सापकोटाले गर्नुभएको थियो । 

    कार्यक्रमका वक्ताहरूले बुटवलको सन्दर्भमा साङ्गीतिक रूपमा गजल सङ्ग्रहको लोकार्पण गरिएको यो पहिलो कार्यक्रम रहेको बताउनुभयो ।
    कार्यक्रममा दीप बोर्डिङ हाई स्कुलका प्राचार्य टीकाराम न्यौपाने, मणिमुकुन्द मा.वि÷कलेजका प्राचार्य टुकबहादुर क्षेत्री, सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारीका अध्यक्ष कृष्णप्रसाद पाण्डे, प्रतिष्ठानका केन्द्रीय महासचिव ऋषि आजाद, सत्यवती वडा नं. १ का वडा अध्यक्ष भीमलाल पाण्डे, सरिता श्रीस लगायतले संसारको परिवर्तन, प्रगति र उन्नतिका लागि प्रेम अपरिहार्य रहेको भन्दै सबैको मन जोड्नलाई कृतिले महत्वपूर्ण भूमिका खेलको भन्दै कृतिको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । 

    त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि प्राज्ञ बूँद रानाले प्रेममय संसारको खोजी गर्ने अभिलाषा कृतिमा मुखरित भएको बताउनुभयो भने प्रमुख अतिथि प्रा.डा हिरण्यलाल ज्ञवालीले कृतिले सामाजिक जनजीवन र मानवीय अनुभूतिलाई गेयात्मक शैली मार्फत् प्रेमको खोजी गर्ने महान् अभिलाषा प्रकट गरेको बताउनुभयो । 

    कार्यक्रममा साहित्यकार रमेश समर्थनले कृतिको सबल र कमजोरी पक्षलाई औँल्याउँदै कृति समग्रमा उष्कृष्ट रहेको र निरन्तरको लगाव भएमा साहित्यको क्षेत्रमा स्रष्टाको उज्ज्वल भविष्य रहेको बताउनुभयो । 

    लुम्बिनी वाङ्मय प्रतिष्ठानकी सदस्य चित्रकार सुमित्रा रानाको अध्यक्षता, लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीकी उपाध्यक्ष बिजु पछाईको स्वागत मन्तव्य, कृतिकार पुरुषोत्तम पाण्डेयले धन्यवाद तथा कृतिको रचना गर्भ प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कृष्ण घिमिरे गाउँलेले गर्नुभएको थियो ।

    लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा बुटवलको दीप बोर्डिङ हाई स्कूलको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो । 

    ma Prem Khojirahexu (1).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology