बुटवल,मंसिर १९ ।
अटोमोबाईल्स ब्यवसायीहरुको हकहित लागि स्थापना गरिएको लुम्बिनी अटोमोबाईल्स एशोसियन अफ नेपाल(नाडा लुम्बिनी) को तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार हुने भएको छ ।
विभिन्न उपसमितिहरु गठन गरि अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एशोसियसनका अध्यक्ष गणेश प्रसाद भट्टराई बताए ।एशोसियसनका सचिव राम प्रसाद बेल्बासेको संयोजकत्वमा तयारी तिव्र रुपमा अघि बढाईएको छ । यसैवर्ष नाडा केन्द्रको समेत अधिवेसन हुने र नेतृत्व चयन हुने भएकाले प्रदेशको अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको उनले बताए ।
ड्रिमल्याड रिर्सोटमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनबाट कार्यक्रम समुद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । कार्यक्रम सम्पन्न गर्न विभिन्न ब्यवसायिक संस्थाबाट प्रायोजन गरि आर्थिक सहयोग जुटेको उनले बताए । यसैगरि मंञ्च ब्यवस्थापन, अतिथि सत्कार,खाना ब्यवस्थापन,होटलमा ब्यवस्थापन,मायाको चिनो लगायतको जिम्मा समेत दिईएको एशोसियसनका महासचिव रोशन पाण्डेले बताए ।
यसैगरि मंगलबार बसेको बैठकबाट अध्यक्ष, कोषाध्यक्ष र महासचिवको प्रतिवेदन साथै निर्वाचन समिति गठन गरिएको उनले बताए । एसोसियसनले अघिल्लो वर्ष ब्यवसायीहरुको हकहितमा ब्याजदर वृद्धि र एलसी लगायतको विषयमा एक महिना लामो आन्दोलन, विविध सचेतनामुलक कार्यक्रमका साथै नि:शुल्क स्वस्थ्य शिविरहरु चलाएको उनले बताए । एशोसियसनमा करीब एक सय जना ब्यवसायी छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)