Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिद्धबाबा नजिकै पुरुष मृत भेटिए,शवको पहिचान हुन सकेन

सिद्धबाबा नजिकै पुरुष मृत भेटिए,शवको पहिचान हुन सकेन

  • 5.9K
    SHARES

  • सिद्धबाबा नजिकै पुरुष मृत भेटिए,शवको पहिचान हुन सकेन

    बुटवल,मंसिर १९ ।

    पाल्पामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा नजिकै पहिचान नखुलेको अन्दाजी ५५ वर्षीय पुरुष मङ्गलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    सिद्धार्थ राजमार्गको नालीमा घोप्टो अवस्थामा पुरुष मृत फेला परेको र हालसम्म ती पुरुषको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

    शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology