Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डा.शेखर कोइरालाको दाबी : दल-कर्मचारी र ब्यापारीकै मिलेमत्तोमा एनसेल बिक्री !

डा.शेखर कोइरालाको दाबी : दल-कर्मचारी र ब्यापारीकै मिलेमत्तोमा एनसेल बिक्री !

  • 1.2K
    SHARES

  • डा.शेखर कोइरालाको दाबी : दल-कर्मचारी र ब्यापारीकै मिलेमत्तोमा एनसेल बिक्री !

    नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमत्तोमा एनसेल बिक्री भएको बताएका छन् ।

    उनले भने,‘ आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिदै छ भन्ने केही दिनदेखी जताततै चर्चा भइरहेको छ । यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुदैन ।त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल बिक्रि प्रकरण किन भयो ?’ यस घटनालाई नेपाली कांग्रेसले गम्भीररुपमा लिएको भन्दै नेता कोइरालाले नेपाललाई विकसित मुलुक बनाउन भ्रष्टाचारलाई निर्मुल गर्नुको विकल्प नभएको प्रष्ट पारे ।

    नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै नेता कोइरालाले भ्रष्टाचारलाई निर्मुल पार्न नसके नेपाललाई विकसित मुलुक बनाउन नतसकिने बताउनुभएको हो । कोइरालाले भने,‘अहिले जताततै मानीसहरुमा असन्तुष्टि छ । यसको कारण केहो भनेर बुझ्दा भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुन्नुहुन्छ ।

    भ्रष्टाचार नै मुलुकको विकास र समृद्धिको बाधक हो ।’ करिव ७५ प्रतिशत जनता कृषिमा आधारित भएपनि भएपनि उत्पादनलाई बढाएर कृषिमा आधारीत उद्योगहरुलाई बढाएर जान सकेमात्रे रोजगारीका अवसरहरु देशभित्रै पाउन सकिने नेता कोइरालाको दाबी छ ।nc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology