Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहाललाइ भेटेपछि गृहमन्त्री थापा भेट्न पुगे

प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहाललाइ भेटेपछि गृहमन्त्री थापा भेट्न पुगे

  • 2.7K
    SHARES

  • प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहाललाइ भेटेपछि गृहमन्त्री थापा भेट्न पुगे

    काठमाडौं,पुस ४ - 

     नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार बिहान पनि छलफल भएको छ ।

    अध्यक्ष दाहालको निवास खुमलटारमा उहाँहरुबीच भेट भएको हो । शुक्रबार साँझ पनि प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुभएको थियो । भेटको बीचमा उपाध्यक्ष वामदेव गौतम पनि छलफलमा सहभागी हुनुभएको थियो ।

    पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सन्दर्भमा नै नेकपाभित्र बहस जारी छ ।kp-dahal and bamdev.jpg

    बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखी पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो ।

    नेकपा स्थायी कमिटीको अर्को बैठक आइतबार बस्दैछ ।

    करिव डेढ घण्टा कार्यकारी अध्यक्ष दाहाललाई भेटेर खुमलटारबाट निस्कनुभएका प्रधानमन्त्री ओली गृहमन्त्री रामवहादुर थापा ‘बादल’लाई भेट्न मन्त्री निवास पुल्चोक जानुभएको थियो ।

    KP-Badal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology